48 घण्टाको चक्का जाम फिर्ता, ट्राफिक पुलिस र यातायात विभागसँगको बैठकपछि निर्णय लिइयो
Representative Image.


गुवाहाटी, 20 नोभेम्बर (हि.स.)। अल असम मोटर वर्कर्स जोइन्ट काउन्सिलले आफ्नो 48 घण्टाव्यापी चक्का जाम कार्यक्रमलाई फिर्ता लिएको छ। ट्राफिक पुलिस एवं यातायात विभागका अधिकारीसँग भएको बैठकपछि संस्थाले चक्का जामको कार्यक्रमलाई फिर्ता लिने निर्णय गरेको हो।

बैठकमा संस्थाको माग एनवं समस्यामाथि छलफल भयो। समस्या समाधानका लागि अधिकारीहरूले एक महिनाको समय दिएपछि चक्का जामलाआई फिर्ता लिने निर्णय गरियो।

अल असम मोटर वर्कस जोइन्ट काउन्सिलले 20 नोभेम्बरको बिहान 6 बजेदेखि 22 नोभेम्बरको बिहान 6 बजेसम्म 48 घण्टाव्यापी चक्का जामको आह्वान गरेको थियो। चक्का जामलाई फिर्ता लिइएकोले साधारण यात्रु एवं सवारी चालकहरूले राहत महसूस गरेका छन्।

/ बिशाल


 rajesh pande