मुख्यमन्त्रीले मानिसहरूलाई पिकनिकलाई लिएर सचेत रहने आग्रह गरे
असम के मुख्यमंत्री द्वारा सोशल मीडिया पर शेयर किये गये वीडियो का चित्र


गुवाहाटी, 20 नोभेम्बर (हि.स.)। शीत ऋतु एवं अङ्ग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै पिकनिकलाई लिएर राज्यका मानिसहरूमा ठूलो उत्साह देखिएको छ। पिकनिक अवधि हुने सड़क दुर्घटना एवं अन्य घटनाहरूमाथि सदैव प्रश्न उठ्दै आएको छ। यस सन्दर्भमा आज असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले सोशल मिडियामा एउटा पोस्ट साझा गर्दै भनेका छन्, के मैले पिकनिक गर्न सरकारबाट अनुमति लिनुपर्छ? यो प्रश्न तपाईहरूको मनमा पनि हुन सक्छ .........।

मुख्यमन्त्रीले भनेका छन्, जाड़ोको आगमनसँगै राज्यका विभिन्न भागहरूमा पिकनिकको मौसम पनि शुरु हुन्छ। परिवार, साथीहरू तथा प्रियजनहरूसँगको यो रमाइलो यात्रा कसैको निम्ति पनि आजीवन दुःख र शोकको कारण नबनोस्, यो कुरालाई पनि हामीले सदैव ध्यानमा राख्नुपर्छ।

पिकनिकको मौसममा राज्यमा दुर्घटनाहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढ्छ। केही मानिसहरूले दुर्गम पिकनिक स्थलहरूमा चाँडै पुग्ने उद्देश्यले राती नै वा भोर बिहान यात्रा शुरु गर्छन्। विशेष गरी बिहान 3-4 बजेको समयमा यस्ता यात्राहरू देखिन्छ। जाड़ोमा महिना बिहान 3-4 बजे कुहिरो लाग्ने गरेको कारणले मार्गको दृश्यता धेरै कम हुन्छ। त्यस्ता परिस्थितिहरूमा थोरै लापरवाही, अत्यधिक गति वा ड्राइभरको सानो त्रुटिले पनि घातक दुर्घटनाको रूप लिन सक्छ। यसबाहेक पिकनिकको आनन्दमा रक्सी पिएर वाहन हाक्नु, निर्धारित गति सीमा नाघ्नु, गाडीमा बस्ने क्षमताभन्दा बढी यात्रु बोक्नु तथा वाहन कानूनको अवज्ञा गर्नु पनि दुर्घटनाको प्रमुख कारण बन्छ।

यी सबै कुरालाई ध्यानमा राख्दै सड़क सुरक्षा सुनिश्चित गर्नको लागिराज्य सरकारले केही महत्त्वपूर्ण कदम चालेको छ साथै केही सुझाउ पनि दिएको छ जसमा एकाबिहानै वा अबेर राती यात्रा गर्नदेखि बच्ने, विशेष पोर्टलको व्यवस्था एवं रक्सी पिएर ड्राइभ गर्नेहरूविरूद्ध कड़ा कदम उठाइएको छ।

मुख्यमन्त्रीले भनेका छन्, यस्तो अवस्थामा पिकनिकमा जानुअघि वाहनको ब्रेक, टायर, लाइट र अन्य मेकानिकल सिस्टम जाँच गरियोस्। वाहनमा अनुमति दिइएको सीट सङ्ख्याभन्दा बढ़ी यात्रुहरूलाई नबोकियोस्, वर्षा हुँदा गति कम गरियोस्, अन्य सवारी साधनहरूबाट पर्याप्त दूरी कायम राखियोस् तथा दृश्यता धेरै कम भएमा सुरक्षित ठाउँमा रोकेर मौसम सुधार हुनेसम्ममा पर्खियोस्। लामो यात्रामा चालकलाई आराम दिइयोस् तथा वाहन चलाउँदा मोबाइल फोन प्रयोग नगरियोस्। तपाई सुरक्षित घर फर्किनु नै परिवारका लागि सबैभन्दा ठूलो खुसीको कुरा हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande