
जलपाइगढी, 20 नोभेम्बर (हि.स.)। जलपाइगढीको टिस्टा पुलमा बिहीवार मध्यराती भएको सड़क दुर्घटनामा तीनजना बाइक सवार युवकहरूको मृत्यु भएको छ। शुक्रवार स्थानीय सूत्रबाट प्राप्त जानकारी अनुसार बाइक जलपाइगढीदेखि मयनागुड़ीतिर गइरहेको थियो। बाइकमा तीन जना मानिसहरू सवार थिए।
भनिन्छ, टिस्टा पुलको माझमा पुग्नसाथ बाइक अचानक दुर्घटनाग्रस्त भयो। दुर्घटनामा तीन सवार पुलमा झरेर गम्भीर रूपमा घाइते भए।
सूचना पाए लगत्तै पुलिस घटनास्थलमा पुग्यो अनि तीनै जनालाई तुरुन्तै जलपाईगुडी मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उनीहरूलाई मृत घोषित गरिदिए।
पुलिस अनुसार मृतकहरूको पहिचान हुन सकेको छैन। उनीहरूलाई पहिचान गर्ने प्रयास भइरहेको छ। दुर्घटनापछि टिस्टा पुलको एक लेनमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। पछि पुलिसले स्थितिलाई नियन्त्रणमा ल्यायो अनि यातायातलाई सामान्य बनाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा