
कुचबिहार, 20 नोभेम्बर (हि.स.)। लामो समयदेखिको भइरहेको राजनीतिक तानातान पश्चात अन्ततः भाजपाले कुचबिहार जिल्लाको नाजिरहाट-2 ग्राम पञ्चायतमा आफ्नो बोर्ड गठन गऱ्यो। शुक्रवार जुथिका बर्मनलाई प्रधान चुनियो। यससँगै विगत केही महिनादेखि व्याप्त अनिश्चितताको अन्त्य भएको छ।
बोर्ड गठन अवधि दिनहाटाका विधायक अजय राय, जिल्ला अनुसूचित मोर्चाका अध्यक्ष राजकुमार कजी सहित भाजपाका केही नेता र कार्यकर्ताहरू उपस्थित थिए। पञ्चायत कार्यालय परिसरमा कड़ा सुरक्षा व्यवस्था गरिएको थियो। राज्य पुलिससँगै केन्द्रिय बलका जवानहरूलाई पनि तैनाथ गरिएको थियो।
उल्लेखनीय छ, गत 3 सेप्टेम्बरमा प्रधानको चुनाउलाई लिएर शालमारा क्षेत्रमा भाजपाका दुई गुटबीच हिंसात्मक झड़प भएको थियो। यस अवधि एकजना महिला भाजपा कार्यकर्ता बाण लागेर घाइते भएकी थिइन्। त्यसपछि जिल्ला नेतृत्वले स्थानीय नेता ताराणीकान्त बर्मनलाई पार्टीबाट निष्कासन गरेको थियो। 13 नोभेम्बरमा पनि बोर्ड गठन गर्ने प्रयास गरिएको थियो, तर आवश्यक सदस्यहरूको अनुपस्थितिका कारण प्रक्रिया पूरा हुन सकेन।
19 सदस्यीय पञ्चायतमा तृणमूलका 12 जना, भाजपाका 6 जना र भाजपाको समर्थनमा एक जना स्वतन्त्र सदस्य छन्। धेरै पल्टको असफल प्रयासपछि भाजपा अन्ततः पञ्चायतको बागडोर सम्हाल्न सफल भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा