
गुवाहाटी, 20 नोभेम्बर (हि.स.)। दक्षिण कामरूपको राभा हासोङ्ग स्वायत्तशासी परिषद् क्षेत्रमा अवस्थित ऐतिहासिक चानडुबी तालको किनारमा आगामी 1जनवरी, 2027 देखि पाँच दिवसीय चानडुबी उत्सव आयोजना गरिने भएको छ। यो महोत्सवको 17औँ संस्करण हुनेछ।
आगामी उत्सवको तयारीको औपचारिक शुरूआत शुक्रवार परम्परागत लाइखुटा स्थापनाबाट गरियो। कामरूप जिल्ला आयुक्त देवकुमार मिश्रले औपचारिक रूपमा दाइखुटी स्थापना गरी महोत्सवको तयारीको उद्घाटन गरे।
चानडुबी तालको किनारमा आयोजित यो महोत्सव यस क्षेत्रको सांस्कृतिक धरोहर, परम्परा एवं प्राकृतिक सौन्दर्य प्रदर्शन गर्ने प्रमुख मञ्च बन्दै गइरहेको छ। प्रत्येक वर्ष यस पर्वले विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय परम्परा एवं क्षेत्रको प्राकृतिक सौन्दर्य हेर्नका लागि ठूलो सङ्ख्यामा मानिसहरूलाई आकर्षित गर्दछ।
17औँ चानडुबी उत्सवले यस क्षेत्रको सांस्कृतिक पहिचान अनि पर्यटनको सम्भावनालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा