
नयाँ दिल्ली, 20 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार आईएसबीटी कश्मीरी गेटबाट 100 वटा नयाँ इलेक्ट्रनिक बसहरूलाई हरियो झण्डी देखाएर प्रस्थान गराइन्। यस अवसरमा उनले दिल्ली-हापुड़ अन्तररा्ज्यीय बस सेवाको पनि उद्घाटन गरिन्।
मुख्यमन्त्रीले भनिन्, दिल्लीका बसहरूले हावालाई प्रदूषित पार्नको सट्टा सफा बनाउने लडाइँमा अग्रणी भूमिका खेलुन् भन्ने सरकारको उद्देश्य रहेको छ। उनले भनिन्, यो गर्वको कुरा हो कि दिल्लीसँग सम्पूर्ण देशकै सबैभन्दा अधिक इलेक्ट्रनिक बसहरू छन्। सम्पूर्ण डीटीसी बस सेवालाई चाँड़ै विद्युतीय बसमा रूपान्तरण गर्ने सङ्कल्प सरकारको रहेको छ।
मुख्यमन्त्रीले भनिन्, प्रदूषण विरुद्धको लडाइँमा सरकारले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको भए पनि यस अभियानलाई सफल बनाउनको लागि आम जनताको सहभागिता पनि निकै महत्वपूर्ण छ। उनले दिल्लीवासीहरूलाई सकेसम्म निजी सवारी साधनको सट्टा सार्वजनिक यातायात प्रयोग गर्न अपील गरिन्।
उनले भनिन्, दिल्लीको हावा त्यसबेला मात्र सफा हुनेछ जतिबेला जनताले सरकारको प्रयाससँगै आफ्नो जिम्मेवारी पूरा गर्नेछन्।
मन्त्रीमण्डलका सहकर्मी डा. पङ्कज कुमार सिंह र अन्य गण्यमान्य व्यक्तिहरू पनि यस अवसरमा उपस्थित थिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा