अकवानको प्रभावले खेतमा पाकेको धान नष्ट भइरहेको छ, किसानहरू सङ्कटमा
वर्तमान में बारिश की वजह से खेतों की स्थिति


मेदिनीपुर, 20 नोभेम्बर (हि.स.)। चक्रवाती आँधी 'अकवान'- को प्रभावले पश्चिम मेदिनीपुर जिल्लाका किसानहरूको सङ्कट गहिरिएको छ। निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण खेतमा पाकेको धानको बाली नष्ट हुँदै गइरहेको छ। दाँतन, नारायणगढ, केशियाड़ी, खड़गपुर ग्रामीण, कलाइकुण्डाको ग्रामीण क्षेत्र, गोकुलपुर, डेबरा तथा दसपुर सहित जिल्लाका विभिन्न क्षेत्रहरूमा खेतमा पाकेको धानको बालीलाई लिएर किसानहरू चिन्तित छन्। उनीहरूलाई ठूलो नोक्सान हुने आशङ्काले सताइरहेको छ।

जानकारी अनुसार निरन्तर निम्न चाप र चक्रवाती आँधीको प्रभावले जिल्लामा कृषि कार्य पहिला बाटै प्रभावित भइरहेको छ। यसपालि धान काटेर घरमा लैजाने तयारी गरिरहेका किसानहरूलाई प्राकृतिक विपत्तिको सामना गर्न परिरहेको छ। खेतमा तयार सुनौलो फसल वर्षा र खराब मौसमको शिकार भइरहेको छ। दाँतन तथा नारायणगढ़को विस्तृत कृषि क्षेत्र लगायत बेलदा, केशियाडी, खड़गपुर ग्रामीण, कलाईकुण्डा ग्रामीण, गोकुलपुर, डेबरा तथा दसपुरका किसानहरूले पनि आफ्नो बाली बचाउने चुनौतीको सामना गर्न परिरहेको छ।

स्थानीय किसान गणेश घोषले बताए, चक्रवात 'अकवान'- को प्रभावले निरन्तर भइरहेको वर्षाले खेतमा पाकिसकेको धानको बाली नष्ट भइरहेको छ। किसानहरूले वर्षभरि मेहनत र लागत खर्च गरेर बाली तयार गरेका थिए। अहिले धान काट्ने र घर लिएर जाने समय भएको छ, खराब मौसमले उनीहरूको मेहनतलाई बेकार बनाइदिएको छ।

गोकलपुरका किसान शङ्कर घोषले भने, वर्षभरिको मेहनतले कमाएको फसल घर पुऱ्याउनुअघि नै प्राकृतिक प्रकोपको सामना गर्नपरिरहेको छ। खेतमा पाकेको धानको बाली नष्ट भयो भने उनीहरूको लागत डुब्ने र आर्थिक नोक्सान हुने खतरा उत्पन्न भएको छ। शङ्कर दैनिक मजदुर हुन्।

मौसमको अवस्था चाँड़ै सामान्य भएन भने किसानहरूले अझ ठूलो नोक्सान भोग्नु पर्नसक्छ। हाल किसानहरू सामु सबैभन्दा ठूलो चुनौती भनेको पानी परिरहेको अवस्थामा खेतमा तयार बालीलाई सकेसम्म चाँड़ो सुरक्षित घरमा पुऱ्याउनु हो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande