
कोलकाता, 20 नोभेम्बर (हि.स.)। चक्रवात 'आकवान' को सम्भावित प्रभावलाई ध्यानमा राख्दै पश्चिम बङ्गाल सरकार पूर्ण रूपमा सतर्क र तयार छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले शुक्रवार नवान्नामा मुख्य सचिव सहित विभिन्न विभागका अधिकारी र प्रभावित हुन सक्ने जिल्लाहरूका प्रशासनिक अधिकारीहरूसँग महत्त्वपूर्ण बैठक गरे। बैठकमा चक्रवातसँग जुझ्नको लागि प्रशासनिक तयारी अनि सर्वसाधारणको सुरक्षा सम्बन्धी विभिन्न पक्षहरूको समीक्षा गरियो।
बैठकपछि शुभेन्दु अधिकारीले बताए, चक्रवातबाट उत्पन्न हुने सम्भावित परिस्थितिको सामना गर्न आवश्यक तयारी गरिँदैछ। सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नु, आवश्यक पर्दा राहत एवं उद्धार कार्यको व्यवस्था गर्नु तथा कुनै पनि आपतकालीन अवस्थामा प्रशासनको तर्फबाट तत्काल कदम चाल्नु सरकारको शीर्ष प्राथमिकता हो।
उनले भने, स्थितिमाथि निरन्तर निगरानी राखिँदैछ। सम्बन्धित जिल्लाका प्रशासनिक अधिकारीहरूलाई कुनै पनि परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहन निर्देश दिइएको छ। सर्वसाधारणको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न प्रशासनले सबै आवश्यक कदम चाल्ने उनले स्पष्ट पारे।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा