
कोलकाता, 20 नोभेम्बर (हि.स.)। तृणमूल नेता सब्यसाची दत्तसित सम्बन्धित मामिलामा प्रवर्तन निदेशालय (ईडी)- ले शुक्रवार बिहानदेखि शहरका विभिन्न भागहरूमा खोजी अभियान शुरु गरेको छ।
जानकारी अनुसार ईडीका अधिकारीहरूले लेकटाउनमा सब्यसाची निकटवर्ती एकजना व्यापारीको निवासमा छापामारी गरिरहेका छन्। यसबाहेक सल्ट लेक सहित अन्य धेरै ठाउँमा जाँच एजेन्सीका टीमहरूले खोजी गरिरहेका छन्।
उल्लेखनीय छ, यसअघि पुलिसले सब्यसाची दत्तलाई फिरौती र हत्याको आरोपमा पक्राउ गरेको थियो। यस मुद्दाको अनुसन्धानको क्रममा वित्तीय भ्रष्टाचारसँग सम्बन्धित धेरैवटा तथ्यहरू प्रकाशमा आए। अनुसन्धानको क्रममा सब्यसाचीका निकट सहयोगीहरूबाट करिब साढ़े चार करोड़को सुनको गहना पनि बरामद भएको थियो।
सब्यसाचीले भ्रष्टाचारबाट कमाएको कालो धन आफ्ना नजिकका व्यापारी र प्रमोटरहरूसँग लगानी गरेको अनुसन्धानकर्ताहरूले थाहा पाएका छन्।
राज्य पुलिसले दर्ता गरेको एफआईआरको आधारमा ईडीले यस विषयमा अनुसन्धान शुरु गरेको बताइएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा