
शिवसागर (असम), २० नोभेम्बर (हि.स.)। शिवसागर जिल्ला पुलिसले गाईवस्तु चोरीको घटनामा संलग्न पाँच जना चोरलाई पक्राउ गरेको छ।
पुलिसले शुक्रवार दिएको जानकारी अनुसार, शिवसागर क्षेत्रमा गाईवस्तु चोरी भएको उजुरी प्राप्त भएपछि पुलिस टोलीले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दै पाँच जना चोरलाई पक्राउ गरेको हो।
पक्रा परेका चोरहरूको पहिचान बाबुलाल अली, मुस्तफा खान, इकराम अली, यासिल अली र फैजुद्दीनका रूपमा गरिएको छ। पक्रा परेका सबै अभियुक्त गाईवस्तु चोरीमा संलग्न रहेको पाइएको छ। पुलिसले यसअघि नै दर्ता गरिएको प्राथमिकीका आधारमा पक्राउ परेका सबैसँग गहन सोधपुछ गरिरहेको छ।
/ बिशाल