दिघाको यात्रा सहज हुनेछ, 255 करोड़को लागतमा हल्दी नदीमा नयाँ पुल बन्नेछ
दीघा समुद्र तट की छवि


कोलकाता, 20 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको पूर्व मेदिनीपुर जिल्लामा पर्यटन एवं सड़क सम्पर्क व्यवस्थालाई उन्नत बनाउने दिशामा एउटा महत्त्वपूर्ण पहल शुरु भएको छ। हल्दी नदीको नरघाटमा नयाँ पुल निर्माण गर्ने तयारी भइरहेको छ। करिब 255 करोड़ रुपियाँको लागतमा निर्माण हुने पुलले दिघा, मन्दारमणि, कन्थी तथा हल्दियामाझ सड़क सम्पर्कमा सुधार ल्याउने अपेक्षा छ। यसबाट पर्यटकहरू सहित स्थानीय मानिसहरू र व्यापारीहरूलाई पनि धेरै सुविधा पुग्नेछ।

प्रस्तावित पुल नन्दकुमार र चण्डीपुरबीच हल्दी नदीको नरघाटमा निर्माण गरिने छ। दिघा-नन्दकुमार 116बी राष्ट्रिय राजमार्गसित जोडिएका क्षेत्रहरूका लागि यो महत्त्वपूर्ण साबित हुन सक्छ। लामो समयदेखिको स्थानीयहरूले यहाँ राम्रो पुल तथा यातायात सुविधाको माग गर्दै आएका छन्।

परियोजनासँग सम्बन्धित सरकारी दस्तावेज अनुसार पुल निर्माणअघि माटोको गुणस्तर जाँच तथा अन्य आवश्यक तयारी गरिँंदैछ। यसको लागि टेण्डर 28 अगस्त, 2026- मा जारी गरिएको थियो। माटो परीक्षण कार्यको अनुमानित लागत करिब 88 लाख रुपियाँ राखिएको छ। निविदा पत्र जमा गर्ने अन्तिम मिति 20 नोभेम्बर, 2026 तय गरिएको छ। यसको साथै पुलसम्म पुग्ने सड़क निर्माणको लागि जग्गा अधिग्रहणको प्रक्रिया पनि शुरु भएको बताइएको छ।

नयाँ पुल निर्माण भएपछि हल्दिया औद्योगिक क्षेत्रबाट कान्थी, दिघा र छेउछाउका क्षेत्रहरूमा पुग्न सजिलो हुन सक्छ। यसबाट औद्योगिक सामानहरूको ओसारपसारमा समय बचत हुनेछ। यता दिघा र मन्दारमणि भ्रमण गर्ने पर्यटकहरूले पनि ट्राफिकमा राहत पाउने आशा छ।

यस मानिसहरूलाई आशा छ, यो परियोजना पूरा हुनअघि मेदिनीपुर जिल्लामा पर्यटन, उद्योग औ व्यापारिक गतिविधिहरूलाई बढावा दिनेछ। स्रूत्र अनुसार केन्द्रिय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गड़करी पनि पुलको शिलान्यास समारोहमा सहभागी हुने सम्भावना छ। तथापि उनको भ्रमणको कुनै आधिकारिक पुष्टि भएको छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande