कामाख्या मन्दिरको दलोई समाजको चुनाउ 29 नोभेम्बरमा हुने
Kamakhya Daloi informing about the Election For Kamakhya Temple Daloi Society.


गुवाहाटी, 20 नोभेम्बर (हि.स.)। शक्तिपीठ कामाख्या देवलयको दलोई समाजको चुनाउ घोषणा भएको छ। मन्दिरको बडे दलोई र छोटे दलोई पदका लागि चुनाउ आयोजना गरिनेछ। यसको लागि आगामी 29 नोभेम्बरमा मतदान हुनेछ।

चुनाउ घोषणा भएपछि कामाख्या मन्दिरको दलोई समाजमा चुनावी प्रक्रिया शुरु भएको छ। दुवै पदका लागि मतदाताहरूले गरेका मतपत्रको माध्यमबाट प्रतिनिधिहरूलाई चयन गरिनेछ।

गुवाहाटीको ऐतिहासिक कामाख्या मन्दिर देशका प्रमुख शक्तिपीठहरूमध्ये एक हो। मन्दिरको धार्मिक परम्परा, पूजा अभ्यास एवं विभिन्न अनुष्ठानहरूमा दलोई समुदायले महत्त्वपूर्ण भूमिका खेल्छ। चुनाउको सम्बन्धमा अन्य प्रक्रियागत विवरण आगामी दिनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande