काली पूजा मेलामा आगलागी, सातवटा पसल र एउटा घर जलेर स्वाहा
अग्निकांड की सांकेतिक फोटो


अलिपुरद्वार, 20 नोभेम्बर (हि.स.)। उत्सव र मेलाको वातावरणमा अचानक आगलागी भएको कारणले अलिपुरद्वार जिल्लाको हेमिल्टनगञ्ज काली पूजा मेलामा आतङ्क फैलियो। कालचिनी ब्लकको हेमिल्टोनगञ्जमा शुक्रवार बिहान भएको यस आगलागीमा सातवटा पसल र एउटा घर जलेर खरानी भएको छ। आफ्नै आँखा अगाड़ि आगोले पसलहरूलाई आफ्नो चपेटमा लिएको देखेर व्यापारीहरू स्तब्ध भए।

स्थानीय सूत्र अनुसार मेला परिसरमा अवस्थित आरएसपी कार्यालयबाट आगलागी शुरु भएको हो जुन हेर्दा-हेर्दै बाक्लो कालो धुवाँमा फैलिय। आगोले सम्पूर्ण मेला परिसरलाई आफ्नो चपेटमा लियो। द्रूत गतिमा फैलिएको आकोले केही पसलहरूलई पूर्ण रूपमा खरानी बनाएको छ।

घटनाको जानकारी पाएपछि हेमिल्टनगञ्ज तथा हासिमारा दमकल केन्द्रबाट दमकलका वाहनहरू घटनास्थलमा पुगे। दमकलकर्मीको लामो प्रयासपछि आगोलाई नियन्त्रित गरियो। तर त्यतिञ्जेलसम्ममा धेरै क्षति भइसकेको थियो। आगलागीको वास्तविक कारण पत्तो लगाइरहेको छ।

मेला कमिटीका सचिव आलोक मित्रले बताए, आगो आरएसपी कार्यालयबाट शुरू भएको हो जुन पूर्ण रूपमा जलेर खरानीमा परिणत भएको छ। आगलागीमा मेलाका सातवटा स्टल र एउटा घर पनि जलेको छ। आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। पुलिस अनि दमकल विभागले घटनाको अनुसन्धान गरिरहेको छ।

उल्लेख्य, हेमिल्टनगञ्जको ऐतिहासिक काली पूजा यस वर्ष 110औँ वर्षमा प्रवेश गरेको छ भने मेला 92औँ वर्षमा पुगेको छ। गत 9 नोभेम्बरदेखि शुरु भएको मेला 22 नोभेम्बरसम्म चल्नेछ। मेलाको अन्तिम चरणमा लागेको भीषण आगलागीले व्यापारीहरूलाई ठूलो क्षति पुऱ्याएको अनुमान गरिएको छ। घटनापछि यस क्षेत्रमा डर अनि तनाउको वातावरण सृजना भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande