कागज लादिएको ट्रकको चपेटमा परी साइकल सवारको मृत्यु
दुर्घटना सांकेतिक छवि


झाड़ग्राम, 20 नोभेम्बर (हि.स.)। झाड़ग्राममा कागज लादिएको छ चक्के ट्रकको चपेटमा परी एकजना एक साइकल सवारको मृत्यु भयो। मृतकको पहिचान हेमन्त महतो (55)- को रूपमा भएको छ। उनी झाड़ग्राम थाना अन्तर्गत बनकाटी गाउँका बासिन्दा थिए।

प्राप्त जानकारी अनुसार बिहीवार अबेर साँझ झाड़ग्राम पेपर मिलबाट कागज लिएर एउटा ट्रक कोलकाता गइरहेको थियो। यसै अवधि सड़कमा गइरहेको बाइक सवारलाई ठक्कर दियो। ट्रकको चक्कामुनि परेर हेमन्तलाई गम्भीर चोट लाग्यो।

घटनाको खबर आए लगत्तै पुलिस घटनास्थलमा पुग्यो। घाइते हेमन्तलाई तत्कालै झाड़ग्राम सरकारी मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।

दुर्घटनापछि चालक ट्रकसितै भाग्ने प्रयास गरिरहेको थियो। तर पुलिसले ट्रकलाई जफत गरी चालकलाई हिरासतमा लियो। घटनापछि यस क्षेत्रमा शोक छाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande