सामूहिक बलात्कार पीड़िता आफ्नो पढाई जारी राख्न चाहन्छन्, बाल कल्याण समितिले सहयोग गर्ने भरोसा दियो
शोषण की सांकेतिक छवि


पुरुलिया, 20 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको पुरुलिया जिल्लामा यात्रा (जात्रा) हेर्ने क्रममा सामूहिक बलात्कारकी शिकार भएकी किशोरीसित गए बिहीवार साँझ जिल्ला बाल कल्याण समितिका सदस्यहरूले भेट गरे। पीड़िता आफ्ना आमा-बुवासँग समितिको कार्यालयमा पुगेकी थिइन्। समितिले उनको पढ़ाई जारी राख्नमा सबै सम्भव सहयोग गर्ने आश्वासन दिएको छ।

समितिका अध्यक्ष दीपङ्कर सरकारले बताए, घटनापछि किशोरी र उनको परिवारलाई यस दुःखबाट माथि उक्लिनमा केही समय लाग्नेछ। समितिको तर्फबाट पीड़िता र उनको परिवारलाई भरोसा दिलाइयो कि यस कठिन अवस्थामा उनीहरू उनीहरूको साथमा उभिएका छन्।

उनले बताए, नाबालिका आफ्नो पढाईलाई जारी राख्न चाहन्छन्। समितिले उनलाई आश्वासन दिएको छ, शिक्षा जारी राख्नको लागि हरसम्भव सहयोग गरिनेछ। हाल पीड़ित परिवारलाई यस सङ्घर्षमा सहयोग गर्न आर्थिक सहयोग पनि प्रदान गरिएको छ।

उल्लेखनीय छ, गत आइतवार पुरुलिया जिल्लाको काशीपुर थाना क्षेत्र अन्तर्गत एउटा गाउँमा यात्रा हेर्ने बहानामा नाबालिकालाई उनका प्रेमीले बोलाएर लगेका थिए। यात्रा हेर्ने क्रममा कुराकानी गर्ने बहानामा उनले उनलाई सुनसान ठाउँमा लगे जहाँ युवक र उनका सहयोगीहरूले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ।

घटनाको सम्बन्धमा पुलिसले भोलिपल्ट सोमवार अभियुक्त युवक सहित 6 जनालाई पक्राउ गरेको थियो। पक्रा परेका चारजना अभियुक्त पुलिसको हिरासतमा छन् भने दुईजना न्यायिक हिरासतमा छन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande