मुख्यमन्त्री योगी आदित्यनाथकी आमाको निधनमा भाजपाका नेताहरूद्वारा शोक व्यक्त
माता जी के साथ मुख्यमंत्री योगी का फाइल फोटो


लखनऊ, 20 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथकी आमा सावित्री देवीको निधनमा भाजपाका प्रदेश अध्यक्ष पङ्कज चौधरी, उप-मुख्यमन्त्री केशव प्रसाद मौर्य, उप-मुख्यमन्त्री ब्रजेश पाठक, प्रदेश महामन्त्री सङ्गठन धर्मपालसिंह सहित पार्टी नेताहरूले शोक व्यक्त गरेका छन्। विदित रहोस्, मुख्यमन्त्री योगी आदित्यनाथकी आमाको शुक्रवार उत्तराखण्डको पौडी गढ़वाल जिल्लाको यमकेश्वर ब्लकमा रहेको आफ्नो पैतृक घरमा 91 वर्षको उमेरमा निधन भयो।

भाजपाका प्रदेश अध्यक्ष पङ्कज चौधरीले आफ्नो सोशल मिडिया पोस्टमा लेखे, मुख्यमन्त्री योगी आदित्यनाथकी आमा सावित्री देवीको निधन अत्यन्त दुःखद एवं हृदयविदारक छ। संसारबाट आमा जानु भनेको जीवनको एउटा यस्तो क्षति हो जुन कहिल्यै पूर्ण हुन सक्दैन। शोकको यस घड़ीमा मुख्यमन्त्री र सबै शोकाकुल परिवारका सदस्यहरूप्रति मेरो गहिरो समवेदना छ। भगवान श्री रामसित प्रार्थना छ कि दिवङ्गत पुण्य आत्मालाई आफ्नो शरणमा स्थान दिउन् तथा मुख्यमन्त्री र परिवारका सबै सदस्यहरूलाई यो अथाह दुःख सहने शक्ति दिउन्।

उप-मुख्यमन्त्री केशव प्रसाद मौर्यले शोक व्यक्त गर्दै आफ्नो सोशल मिडिया पोस्टमा लेखे, यस कठिन समयमा मुख्यमन्त्री र सबै शोकाकुल परिवारहरूप्रति मेरो गहिरो समवेदना छ। पूज्य मातालाई विनम्र श्रद्धाञ्जली!

आमाको स्नेह र आशीर्वाद जीवनको त्यो बहुमूल्य पूँजी हो जसले हरेक कठिन समयमा शक्ति दिन्छ। उनको मृत्यु यस्तो अपूरणीय जीवन हानि ह, जसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ। प्रभु श्री रामसित प्रार्थना छ, दिवङ्गत आत्मालाई आफ्नो शरणमा स्थान दिउन् अनि शोकाकुल परिवारका सदस्यहरूलाई यो अथाह दुःख सहने शक्ति दिउन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande