होटलको कोठामा युवकको शव भेटियो
शव - सांकेतिक फोटो


सिलगढ़ी, 20 नोभेम्बर (हि.स.)। सिलगढ़ीको एउटा होटलको कोठाबाट एकजना युवाको शव फेला परेको घटनाले त्यस क्षेत्रमा सन्त्राष फैलाएको छ। मृतक युवकको पहिचान इस्लामपुर निवासी अजित दासको रूपमा गरिएको छ।

प्राप्त जानकारी अनुसार अजित दास बिहीवार इस्लामपुरबाट सिलगढ़ी कामका लागि आएका थिए। राती उनी सिलगढ़ीको एउटा होटलमा बसेका थिए।

उनको शव शुक्रवार बिहान होटलको कोठाबाट बरामद भएको बताइएको छ। सूचना पाएपछि पानीट्याङ्की चोौकीको पुलिस घटनास्थलमा पुग्यो। पछि समाचार पाएर मृतकको परिवारका सदस्यहरू पनि घटनास्थलमा आइपुगे। पुलिसले शवलाई बरामद गरी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पानीट्याङ्की चौकीको पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande