
धर्मशाला, 20 नोभेम्बर (हि.स.)। हिमाचल प्रदेश विधानसभामा कङ्ग्रेस सरकारका मन्त्री जगत सिंह नेगीले भारतीय सेना र अपरेशन सिन्दूरमाथि गरेका टिप्पणीको मामिला निरन्तर सल्किँदै गइरहेको छ। भाजपाले अब मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुसित मन्त्री जगत सिंह नेगीलाई मन्त्रीमण्डलबाट बर्खास्त गर्ने माग उठाएको छ । भाजपा नेताहरूक भनाइ छ, सेना र जवानहरूको सम्मानविरुद्ध टिप्पणी गर्ने व्यक्तिलाई संवैधानिक पदमा बस्ने कुनै अधिकार छैन।
पाँचौँ दिन सदनमा प्रवेश गर्नुअघि भाजपाको विधायक दलले प्लेकार्ड देखाएर प्रदर्शन गर्दै मन्त्रीविरुद्ध नारा लगाए।। विरोधपछि मिडियालाई सम्बोधन गर्दै विपक्षी नेता तथा पूर्वमुख्यमन्त्री जयराम ठाकुरले भने, विधानसभामा पहिला पनि यस मामिलालाई लिएर आपत्ति जनाइएको थियो साथै अअध्यक्ष समक्ष आग्रह गरिएको थियो कि सेना र सेनाका जवान अनि अपरेशन सिन्दूरको बारेमा गरिएको विवादास्पद टिप्पणीलाई विधानसभाको कार्यवाहीबाट हटाइयोस्। विधानसभा अध्यक्ष त्यसबेला उपस्थित थिएनन् र अध्यक्षले रेकर्ड हेरेपछि उचित कारबाही गर्ने आश्वासन दिएका थिए, तर अहिलेसम्म यी टिप्पणीहरूलाई कार्यवाहीबाट हटाइएको छैन।
उनले भने, मन्त्रीको टिप्पणीलाई लिएर देशभरिबाटै सेनाका जवान र अधिकारीहरूबाट कड़ा प्रतिक्रिया आइरहेको छ। तथापि मन्त्रीले सभामा माफी मागेनन्, न त विवादास्पद शब्दहरूलाई नै कार्यवाहीबाट हटाइयो।
उनले आरोप लगाए, मन्त्रीलाई मुख्यमन्त्रीको पूर्ण सुरक्षा प्राप्त छ। अब भाजपा विधानसभाको कार्यवाहीबाट विवादास्पद शब्दहरूलाई हटाउने मागसम्म मात्र सीमित छैन जबकि मुख्यमन्त्रीसित अनुचित टिप्पणी गरेकोमा मन्त्रीलाई मन्त्रीमण्डलबाट बर्खास्त गर्ने माग पनि गरिरहेको छ।
राफेल र अपरेशन सिन्दूरको उल्लेख गर्दै उनले भने, भाजपाका विधायकहरूले पाकिस्तानलाई तोरीको फूल देखाइदिने कुरा गर्दा मन्त्रीले कथित रूपमा प्रत्याक्रमणगर्दै भने, पाकिस्तानलाई होइन, हिन्दुस्तानले नै तोरीको फूल देखेको छ। नेता प्रतिपक्षले यसलाई सेनाको सम्मानसित सम्बन्धित गम्भीर विषय बताउँदै भने, सेना, संविधान र संवैधानिक संस्थाहरूलाई लिएर बारम्बार विवादास्पद टिप्पणी गर्ने मन्त्रीलाई पदमा रहने नैतिक अधिकार छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा