अर्जेन्टिनाका जेभियर नतालियोले काशीको योगायतन इन्टरनेशनलमा भारतीय योग एवं संस्कृति सिके
अर्जेंटीना का जेवियर नतालियो


-पाँच दिनको प्रवासमा योग, ध्यान, प्राणायाम एवं भारतीय जीवन दर्शनको गहिरो अध्ययन गरे

वाराणसी, 20 नोभेम्बर (हि.स.)। भारतीय योग, अध्यात्म एवं संस्कृतिको वैश्विक पहिचानलाई विस्तार दिनमा काशीको संस्था योगायतन इन्टरनेशनलले महत्वपूर्ण भूमिका निभाइरहेको छ। यसै क्रममा अर्जेन्टिनाबाट आएका जेभियर नतालियोले 14-देखि 20 नोभेम्बरसम्म योगायतन इन्टरनेशनलमा प्रवास गरी भारतीय योग परम्परा, ध्यान, प्राणायाम एवं भारतीय संस्कृतिको गहन अध्ययन गरे।

पाँच दिवसीय प्रवास अवधि जेभियर नतालियोले योगायतन इन्टरनेशनलका गुरु योगाचार्य योगेश पाण्डेको निर्देशनमा योग, ध्यान र प्राणायामका विभिन्न विषयहरूको अभ्यास गरे। यस अवधि उनलाई योगको शारीरिक, मानसिक एवं आध्यात्मिक महत्त्वबारे जानकारी गराइयो। साथै भारतीय संस्कृति, आध्यात्मिक विचार, योग दर्शन तथा परम्परागत जीवनशैलीका विभिन्न पक्षहरूको व्याख्या गरियो। उनले जीवन, अनुशासन, आत्मनिरीक्षण औ सन्तुलित जीवनशैलीका भारतीय मूल्यहरू पनि बुझे।

उल्लेख्य, योगायतन इन्टरनेसनलको स्थापना योगऋषि डा.राकेश पाण्डेयले योग, आध्यात्मिकता एवं मानव कल्याणको उद्देश्य लिएर गरेका थिए। उनले योग साधना, समाज सेवा र निःशुल्क योग प्रशिक्षणको माध्यमबाट मानिसहरूलाई स्वस्थ शरीर तथा शान्त मनको सन्देश दिन आफ्नो सम्पूर्ण जीवन समर्पित गरे। उनका शिष्य तथा छोरा योगेश पाण्डेले आफ्ना बुवाको विचार, आदर्श अनि योग साधनाको धरोहरलाई अगाडि बढाइरहेकाछन्। योगको मानसिक, आध्यात्मिक र सांस्कृतिक महत्त्वलाई शारीरिक व्यायाममा मात्र सीमित नभई विश्वव्यापी स्तरमा स्थापित गर्ने उनको प्रयास रहेको छ।

योगायतन इन्टरनेशनलमा आफ्नो प्रवासको अनुभव साझा गर्दै, जेभियर नतालियोले यहाँ प्राप्त योग प्रशिक्षण, आध्यात्मिक मार्गदर्शन तथा भारतीय संस्कृतिको परिचयलाई धेरै सुखद र स्मरणीय बताए। उनले यस अवधिमा प्राप्त ज्ञान अनि अनुभवहरूको प्रशंसा गरे।

जेभियर नतालियोको यो प्रवासले भारतीय योग परम्पराको बढ्दो विश्वव्यापी स्वीकृति तथा भारतको प्राचीन ज्ञान परम्परालाई लिएर विदेशमा बढ्दो चासोको उदाहरण दिन्छ। साथै यसले काशीको आध्यात्मिक सम्पदालाई नयाँ पहिचान दिन्छ भने भारतीय संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउने प्रयास पनि गर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande