
नयाँ दिल्ली, 26 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार ब्रह्मस्थानम उत्सवमा माता अमृतानन्दमयी देवी 'अम्मा'-सित भेट गरी उनको आशीर्वाद ग्रहण गरिन्। यस अवसरमा मुख्यमन्त्रीले अमृतश्री स्वयं सहायता समूह कार्यक्रमको पनि शुभारम्भ गरिन्।
मुख्यमन्त्री रेखा गुप्ताले आज सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट शेयर गर्दै भनिन्, ब्रह्मस्थानम् महोत्सवमा माता अमृतानन्दमयी देवी 'अम्मा'- को उपस्थिति र आशीर्वाद पाउनु उनको लागि सौभाग्यको कुरा हो। उनले भनिन्, अम्माको जीवन 'सेवा परमो धर्म'- को सनातन संस्कृतिको जीवन्त स्वरूप हो।
अमृतश्री सेल्फ हेल्प ग्रुप कार्यक्रमको माध्यमबाट महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण पहल गरिएको मुख्यमन्त्रीले जानकारी दिइन्। उनले भनिन्, देशका 21 वटा राज्यका 15 हजारभन्दा बढ़ी स्वयं सहायता समूहहरूको माध्यमबाट लाखौँ महिलाहरूलाई आत्मनिर्भर बनाउने अम्माको सेवा कार्य निकै प्रेरणादायी रहेको छ।
यस अवसरमा सांसद बाँसुरी स्वराज, विधायक शिखा राय, गजेन्द्र यादव सहित केही गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा