
खरसाङ, २७ नोभेम्बर (हि.स.)। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकी माता धनमाया तामाङको निधनप्रति भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो साहित्यिक एवं सामाजिक संस्था गोर्खा जनपुस्तकालय खरसाङले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
यस सम्बन्धमा पुस्तकालयकी मूलसचिव गोमा सुब्बाले प्रेस विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेकी छन्।
विज्ञप्तिमा मुख्यमन्त्री प्रेमसिंह तामाङ भारतीय गोर्खाहरूको प्रतिनिधित्व गर्ने मुख्यमन्त्रीका रूपमा रहेको उल्लेख गर्दै संस्था मुख्यमन्त्री तथा उनको परिवारको साथमा रहेको जनाइएको छ।
साथै, यस कठिन समयमा शोकसन्तप्त परिवारलाई दुःख सहन सक्ने शक्ति प्रदान गरून् भनी ईश्वरसँग प्रार्थना गरिएको पनि मूलसचिव सुब्बाले बताएकी छन्।
हिन्दुस्थान समाचार / हनोक