
कोलकाता, 26 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बिहीवार भने, राज्यमा यसै वर्ष 2026-मा सम्पन्न भएको विधानसभा चुनाउमा 93 प्रतिशत मतदान हुनै नै संविधानको जीत हो। उनले बल दिए, देशको ठूलो जनसङ्ख्यालाई संवैधानिक मूल्यमान्यतामाथि गहिरो विश्वास रहेको छ।
यति उच्च मतदान प्रतिशतलाई असामान्य बनाउने धारणालाई अस्वीकार गर्दै अधिकारीले भने, चुनाउ प्रक्रियामा जनताको ठूलो सहभागिताले संविधानप्रति उनीहरूको अटुट विश्वासलाई दर्शाउँछ।
संविधान दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, संविधान देशको सर्वोच्च मार्गदर्शक शक्ति हो भने सरकारले यसका प्रमुख वास्तुकार डा. बी. आर. अम्बेडकरको आदर्श अनुसार काम गर्नुपर्छ। उनले बताए, देशका अधिकांश जनताले संविधानमाथि विश्वास गरेकै कारणले पश्चिम बङ्गालमा 93 प्रतिशत मतदान भएको थियो। यो संविधानको विजय हो।
यसावधि उनले आपतकाललाई लिएर कङ्ग्रेसमाथि कड़ा आक्रमण पनि गरे। आपतकाल लागू गर्नका लागि जिम्मेवार मानिसहरूले संवैधानिक मूल्यमान्यताहरूमाथि बोल्दा संयम अपनाउनुपर्छ, अधिकारीले बताए। उनले दाबी गरे, देशको संविधान अत्यन्त बलियो छ। संविधानमाथि सबैभन्दा ठूलो आघात आपतकालमै पुऱ्याइएको थियो।
मुख्यमन्त्रीले अझ भने, सम्पूर्ण देश संविधानद्वारा शासित छ। संसारमा कतै पनि हाम्रो जस्तो विशाल लोकतान्त्रिक प्रणाली छैन। यसलाई अझ बलियो बनाउनुपर्छ र सरकारले बाबासाहेब अम्बेडकरले देखाएको मार्गमा हिँडेर देश चलाउनुपर्छ।
उल्लेखनीय छ, 26 नोभेम्बर, 1949- मा संविधान सभाद्वारा भारतीय संविधान स्वीकृत भएको सम्झनामा हरेक वर्ष 26 नोभेम्बरलाई 'संविधान दिवस' को रूपमा मनाइन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा