
कोलकाता, 26 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा उत्तरबाट आएको चिसो हावाको प्रभावले तापमानमा तीव्र ह्रास दर्ता गरिँदैछ। पछिल्लो 72 घण्टामा राज्यको तापमान करिब पाँच डिग्री सेल्सियस घटेको छ। कोलकाता सहित राज्यका विभिन्न जिल्लामा मौसम चिसो भएको छ।
अलिपुर मौसम विभाग अनुसार हाल आगामी एक दिसम्बरसम्म उत्तरी हावाको प्रभाव जारी रहनेछ। यसले चिसोको अनुभूतिलाई कायम राख्ने सम्भावना छ।
मौसम विज्ञान विभाग अनुसार गए बुधवार राती कोलकाताको न्यूनतम तापक्रम 17.4 डिग्री सेल्सियस पुगेको थियो भने सोमवार यो 22.2 डिग्री थियो जबकि मङ्गलवार यो 19 डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। बिहीवार पनि शहरमा न्यूनतम तापक्रम 17.4 डिग्री सेल्सियस थियो जुन सामान्य भन्दा 0.9 डिग्री कम हो। यसरी नै अधिकतम तापक्रम 25.4 डिग्री सेल्सियस रेकर्ड गरियो जुन 3.8 डिग्री सामान्यभन्दा कम हो।
मौसम विभागले बतायो, बिहीवार बिहानदेखि नै कोलकाताको आकाश सफा र घमाइलो रहेको छ। तथापि चिसो हावाको कारणले बिहान-बेलुकी चिसोको प्रभाव रहनेछ। हप्ताका अन्तिम दिनहरूमा दिनको तापक्रम पनि घट्न सक्छ।
दक्षिण बङ्गालका सबै जिल्लाहरूमा रातको तापमानमा हास्र दर्ता भइरहेको छ। यद्यपि हाल तापक्रममा कुनै ठूलो ह्रास आउने कुनै स्पष्ट पूर्वानुमान छैन। चिसोको अनुभूति पनि जारी रहनेछ। शुक्रवारसम्म पश्चिमी जिल्लाहरूमा न्यूनतम तापक्रम 14 देखि 15 डिग्री सेल्सियस पुग्ने सम्भावना छ।
उत्तर बङ्गालका पहाड़ी तथा मैदानी क्षेत्रहरूमा पनि चिसो बढेको छ। मौसम विभागले बिहान कुहिरोको प्रभाव बढ्ने अनुमान गरेको छ। केही ठाउँहरूमा दृश्यता घटेर 200 मीटरसम्म पुग्नसक्छ। यसले गर्दा बिहान सड़क र रेल यातायातमा प्रभाव पर्ने अनुमान गरिएको छ।
यसबीच मौसम विभागले दिसम्बरको शुरुमा बङ्गालको खाड़ीमा सम्भावित चक्रवात गतिविधिमाथि पनि नजर राखेको छ। पूर्वानुमान अनुसार आगामी 29 नोभेम्बरतिर दक्षिम बङ्गालकोकाड़ीमा श्रीलङ्काको तट निकट चक्रवाती परिसंचरण विकसित हुने सम्भावना छ। यसको प्रभावले आगामी 3 दिसम्बरको छेउछावमा यो चक्रवाती आँधीबेहरीमा परिणत हुने आशङ्का गरिएको छ। प्रारम्भिक अनुमान अनुसार यो दिसम्बर 4 देखि 5 सम्म तटवर्ती क्षेत्रहरूमा पुग्ने सम्भावना छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा