राहुल गान्धीको 'भोट बचाऔं, देश बचाऔं' अभियान अन्तर्गत  असममा संविधान रक्षा पदयात्रा सम्पन्न
Image of the Congress Leaders ‘Save Constitution’ March In Dispur Under Gaurav Gogoi’s Leadership.


गुवाहाटी, 26 नोभेम्बर (हि.स.)। लोकसभामा विपक्षका नेता राहुल गान्धीको नेतृत्वमा चलिरहेको 'भोट बचाऔं, देश बचाऔं' अभियान अन्तर्गत आज असममा 'संविधान रक्षा पदयात्रा' निकालियो। असम प्रदेश कङ्ग्रेस कमिटी (एपीसीसी)- का अध्यक्ष गौरव गोगोईको नेतृत्वमा दिसपुरको मानवेन्द्र शर्मा कम्प्लेक्सबाट पदयात्रा शुरु भयो।

उल्लेखनीय छ, गौरव गोगोईको नेतृत्वमा मानवेन्द्र शर्मा कम्प्लेक्सबाट संविधान रक्षा पदयात्रा शुरु भए लगत्तै पुलिसले कम्प्लेक्सको गेटमा पदयात्रालाई रोक्यो। घटनास्थलमा ठूलो सङ्ख्यामा उपस्थित पुलिसले कङ्ग्रेस नेताहरू र कार्यकर्ताहरूलाई परिसरदेखि सड़कमा पुग्न दिएन। लामो समयसम्म कङ्ग्रेसका नेता र कार्यकर्ताहरूले पुलिससँग भिड़न्त गरेर अगाडि बढ्ने प्रयास गरे, तर पुलिसको उपस्थितिको कारण उनीहरू सफल हुन सकेनन्। केही समयपछि पदयात्रा समाप्त भयो।

यस कार्यक्रममा एपीसीसी अध्यक्ष गौरव गोगोई, छत्तीसगढ़का पूर्व मुख्यमन्त्री भूपेश बघेल, असम विधानसभामा विपक्षका नेता वाजेद अली चौधरी र सबै कङ्ग्रेस विधायकहरू साथै ठूलो सङ्ख्यामा कार्यकर्ताहरू उपस्थित थिए। वरिष्ठ पुलिस अधिकारीहरू सहित ठूलो सङ्ख्यामा पुलिस र केन्द्रिय अर्धसैनिक बलहरू घटनास्थलमा उपस्थित थिए।

यस पहल मार्फत कङ्ग्रेसले लोकतान्त्रिक मूल्यमान्यता, संविधानको संरक्षण एवं मताधिकारसँग सम्बन्धित मुद्दाहरूमा जनचेतना अभियान चलाइरहेको छ।

गौरव गोगोईको नेतृत्वमा भएको यस पदयात्रा कङ्ग्रेसको राज्यव्यापी अभियानको एक भाग हो जुन राहुल गान्धीको 'भोट बचाऔं, देश बचाऔं' अभियान अन्तर्गत आयोजना गरिएको गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande