
नयाँ दिल्ली, 26 नोभेम्बर (हि.स.): दिल्लीको लोकतन्त्र सेनानीहरूको थाँतीमा रहेका मागहरूलाई लिएर लोकतन्त्र सेनी सङ्घले आगामी 18 दिसम्बरका दिन दिल्ली विधानसभा बाहिर विरोध प्रदर्शन गर्ने भएको छ। विधानसभाको शीतकालीन सत्रको पहिलो दिन हुने विरोध प्रदर्शनमा सङ्घका पदाधिकारी र लोकतन्त्र सेनानीहरूले मुखमा कालो पट्टी बाँधेर हातमा प्लेकार्डहरू बोकेर आफ्ना मागहरू राख्नेछन्।
प्रदर्शनमा पूर्व केन्द्रिय मन्त्री तथा लोकतन्त्र सेनानी सङ्घका राष्ट्रिय सह-संरक्षक अश्विनी कुमार चौबे, राष्ट्रिय उपाध्यक्ष ओपी बब्बर, दिल्ली प्रदेश अध्यक्ष राजन ढिङ्गरा र दिल्ली राज्य महासचिव राज कुमार सापराले ठूलो सङ्ख्यामा लोकतन्त्रक सेनानीहरूले भाग लिनेछन्।
अश्विनी कुमार चौबेको दिल्ली आवासमा बिहीवार आयोजित एसोसिएशनको बैठकमा सो निर्णय गरिएको हो। बैठकमा दिल्लीका लोकतन्त्र सेनानीहरूलाई अन्य राज्यमा जस्तै मासिक मानदेय प्रदान गर्ने, उनीहरूलाई सम्मान पत्र र ताम्रपत्रले सम्मानित गर्ने तथा क्याशलेस चिकित्सा सुविधा उपलब्ध गराउने माग सहित दिल्ली सरकारबाट निर्णायक कारबाहीको माग गर्ने फसेला लिइयो।
अश्विनी चौबेले भने, आपतकालमा लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि सङ्घर्ष गर्ने सेनानीहरूले यातना भोगे तथा आफ्नो व्यक्तिगत जीवनको परवाह नगरी लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नको लागि योगदान दिए। यस्ता सेनानीहरूलाई सम्मानजनक जीवन र आवश्यक सुविधाहरू उपलब्ध गराउनु सरकारको दायित्व हो। सङ्घले लामो समयदेखिकै दिल्लीका लोकतन्त्र सेनानीहरूको लागि सम्मान निधि, सम्मान पत्र, ताम्रपत्र र क्याशलेस चिकित्सा सुविधाको माग गर्दै आएको छ।
उल्लेख्य, लोकतन्त्र सेनानी सङ्घका राष्ट्रिय उपाध्यक्ष एवं पूर्व विधायक ओपी बब्बरको नेतृत्वमा राज्य दिल्ली प्रदेश सङ्गठनले धेरै पटक यी मागहरूलाई उठाइसकेका छन्। यस सम्बन्धमा सम्बन्धित पदाधिकारी र नेतृत्वलाई पत्र लेख्नका साथै विभिन्न स्तरमा भेट पनि गरिसकिएको छ। तथापि दिल्लीका लोकतन्त्र सेनानीहरूको मागमा अहिलेसम्म कुनै सकारात्मक निर्णय हुन सकेको छैन।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा