डम्परको चपेटामा परी डाक्टरको मृत्यु, स्थानीय मानिसहरूले सड़क अवरुद्ध गरे
दुर्घटना की सांकेतिक छवि


कोलकाता, 26 नोभेम्बर (हि.स.)। उत्तर 24 परगना जिल्लाको निमता पुलिस थाना अन्तर्गत कल्याणी एक्सप्रेसवेमा बिहीवार बिहान भएको एक सड़क दुर्घटनामा एकजना डाक्टरको मृत्यु भयो। मृतकको पहिचान सुकुमार दासको रूपमा भएको छ। उनी बजारबाट साइकलमा घर फर्किरहेका थिए। यसैबीच द्रुत गतिमा आइरहेको डम्परले उनीलाई ठक्कर दियो। डम्परको चक्का मुनि परेको कारणले घटनास्थलमै उनको मृत्यु भयो।

जानकारी अनुसार डम्पर मुरागाछादेखि एमबी रोड तर्फ गइरहेको थियो। सुकुमार दासले निमताको कालीबारी क्षेत्रमा सड़क पार गरिरहेका थिए। यसैबीच डम्परले उनलाई आफ्नो चपेटमा लियो। घटनाको जानकारी पाएपछि पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि सदर अस्पतालमा पठाइदियो।

डाक्टरको मृत्युबाट आक्रोशित स्थानीय मानिसहरूले सड़कको खराब अवस्था र भारी तीव्र गतिमा सवारी साधनहरूको आवागमनको विरोधमा सड़क अवरुद्ध गरी प्रदर्शन गर्न थाले।

प्रदर्शनकारीहरूको आरोप छ, यस क्षेत्रमा सड़कको अवस्था लामो समयदेखि खराब रहेको छ। तथापि ठूला-ठूला ट्रक र डम्परहरू तीव्र गतिमा आउँछन्। यस महत्त्वपूर्ण सड़कमा दिउँसो अधिकांश समय ट्राफिक पुलिस पनि तैनाथ हुँदैन। यसबाट स्कूलका विद्यार्थी र दैनिक यात्रुहरूको निम्ति दुर्घटना हुने जोखिम कायम रहन्छ।

स्थानीयहरूले आरोप लगाए, एउटा पुल सञ्चालनमा रहेको भए पनि अर्को पुल बन्द रहेकोले यातायातको समस्या बढ़ेको हो। उनीहरूले यस क्षेत्रमा यातायात नियन्त्रणको उचित व्यवस्था गर्न र भारी सवारी साधनहरूको आवागमनमाथि निगरानी बढाउन माग गरे।

पुलिसले घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूलाई सड़कबाट हटाउने प्रयास गऱ्यो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande