
कोलकाता, 26 नोभेम्बर (हि.स.)। कलकत्ता मेडिकल कलेजमा जुनियर डाक्टरहरूमाथि भएको आक्रमणको विरोधमा बिहीवार प्रस्तावित डाक्टरहरूको मार्चलाई पुलिसले अनुमति दिन अस्वीकार गरेको छ। बाउबजार थानाले ई-मेल पठाएर डाक्टरहरूलाई मार्च ननिकाल्ने अपील गरेको छ। पुलिसको भनाइ छ, जुलूस निकालियो भने सेन्ट्रल एभिन्यूमा यातायात व्यवस्था बाधित हुनेछ र कानुन- व्यवस्थाको समस्या उत्पन्न हुनसक्छ। साथै यसलाई अनुसन्धान प्रक्रियामा बाधा पनि बताइएको छ।
निर्धारित कार्यक्रम अनुसार वरिष्ठ र कनिष्ठ चिकित्सकहरूलाई बिहीवार कलकत्ता मेडिकल कलेजदेखि मार्च निकालेर बउबजार थाना पुग्नुथ्यो। पुलिस स्टेसनसम्म पदयात्रा गर्ने थिए। यस अवधि पुलिसको समन प्राप्त गरेका तीन कनिष्ठ चिकित्सक पनि जुलुस लिएर पुलिस थानामा उपस्थित हुनुथ्यो। तथापि बहुबजार थानाले ई-मेल पठाएर स्पष्ट पाऱ्यो, मार्च गर्दै 'थाना अभियान' गर्नु अनुसन्धान प्रक्रिया र कानुनी काममा बाधा पुऱ्याउनु हो।
पुलिसले ई-मेलमा बताएको छ, उप-प्राचार्यसित कथित दुर्व्यवहार गरेको ममिलामा मेडिकल कलेजका तीन इन्टर्न डाक्टरहरूलाई सोधपुछका लागि बोलाइएको छ। अनुसन्धान प्रक्रिया भइरहेको अवस्थामा पुलिस स्टेशनसम्म मार्च निकाल्नुले अनुसन्धानलाई प्रभाव पार्न सक्छ, त्यसैले यसको निम्ति अनुमति दिइएन।
उल्लेख्य, यस मार्चको लागि कलकत्ता मेडिकल कलेजको विद्यार्थी युनियनको तर्फबाट आवेदन गरिएको थियो। सम्पूर्ण विवादको शुरूआत चोर बगानमा भागदौड़को कारणले भएको मृत्युपछि भएको थियो जतिबेला मेडिकल कलेजका इन्टर्न डाक्टरहरूले सार्वजनिक रूपमा औषधिको अभाव र अस्पताल व्यवस्थापनका कमजोरीहरू उजागर गरेका थिए। त्यसपछि केही डाक्टरलाई कारण बताऊ नोटिस जारी गरियो। यसै नोटिसको विरोधमा चलिरहेको विरोध प्रदर्शन अवधि बाहिरीका मानिसहरूले कथित रूपमा कलेज परिसरमा प्रवेश गरेर तोड़फोड़ गर्नका साथै डाक्टरहरूमाथि आक्रमण गरे।
यस घटनालाई लिएर बउबजार थानामा अलग-अलग मामिला दर्ता गरियो। यसबीच अस्पतालका उप-प्राचार्य इन्द्रनील च्याटर्जीले सिकायत दर्ता गराए, विद्यार्थीहरूले घेराउ गर्दा उनीसित दुर्व्यवहार गरियो। यसै सिकायतको आधारमा पुलिसले प्राथमिकी दर्ता गरी गत 19 नोभेम्बरमा तीन जना चिकित्सकहरूलाई तीन दिनभित्रमा पेश हुने समन पठाएको थियो। बीचमा अवकाश भएको कारणले तीनै डाक्टरहरूलाई बिहीवार थानामा हाजिर हुनुथ्यो। हमलाको मामिलामा पुलिसद्वारा अहिलेसम्म कुनै कारबाही नगरिएको विरोधमा विभिन्न चिकित्सक सङ्गठनहरूका सीनियर र जूनियर डाक्टरहरूले पनि उनीहरूसितै मार्च निकाल्ने योजना बनाएका थिए जसमाथि रोक लगाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा