
गुवाहाटी, 26 नोभेम्बर (हि.स.)। भारतमा श्वेत क्रान्तिका पिता डा. वर्गीज कुरियनको जन्मजयन्तीको अवसरमा बिहीवार असममा राष्ट्रिय दुग्ध दिवस मनाइयो। यो कार्यक्रम असम सरकारको पशुपालन तथा पशु चिकित्सा विभाग एवं दुग्ध विकास निर्देशनालयको संयुक्त तत्वावधानमा सार्वजनिक निर्माण विभागको सम्मेलन तथा प्रशिक्षण केन्द्रमा आयोजना गरियो।
कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित पशुपालन तथा पशु चिकित्सा मन्त्री नीलिमा देवीले दुग्ध क्षेत्रको विकास अनि पशुपालकहरूको सामाजिक-आर्थिक उत्थानमा जोड़ दिइन्। उनले भनिन्, असम सरकार राज्यलाई दुध उत्पादनको क्षेत्रमा देशका अग्रणी राज्यहरूमा स्थापित गर्न प्रतिबद्ध छ।
यस अवसरमा उत्कृष्ट दुध उत्पादन गर्ने सहकारी संस्थाहरूलाई सम्मान गरियो। प्रथम पुरस्कार बारपेटा जिल्लाको देवकुरा नवजागरण समाज दुग्ध सहकारी समितिलाई, दोस्रो पुरस्कार संयुक्त रूपमा मोरीगाउँको सीताजखला दुग्ध सहकारी समिति र बोङ्गाईगाउँको प्रगति दुग्ध सहकारी समितिलाई तथा तेस्रो पुरस्कार ज्योतिर्मय एवं तातिकता दुग्ध सहकारी संस्थाहरूलाई प्रदान गरियो।
यस अतिरिक्त सफल महिला पशुपालक तथा उद्यमी तनुमाया सोनार विश्वकर्मा, चम्पा देवी दास, कौशल्या देवी चौहान र सञ्जु देवीलाई पनि सम्मान गरियो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा