बाँसद्रोणी थानाको ब्यारेकमा पुलिसकर्मीको झुण्डिरहेको शव भेटियो, जाँचमा जुट्यो पुलिस
सांकेतिक छवि


कोलकाता, 26 नोभेम्बर (हि.स.)। महानगर कोलकाताको बाँसद्रोणी थानाको ब्यारेकमा बिहीवार बिहान एकजना पुलिसकर्मीको शव गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। यस घटनाको कारणले क्षेत्रमा खैलाबैला मच्चियो। मृतकको पहिचान सञ्जय हलदर (40)- को रूपमा भएको छ। उनी बांसद्रोणी पुलिस स्टेशनमा पुलिस ड्राइभरका रूपमा कार्यरत थिए। पुलिसले शवलाई बरामद गरी पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

पुलिस सूत्र अनुसार गए बुधवार राती पुलिस थाना परिसरमा रहेको ब्यारेकको एक भागमा सञ्जय एक्लै थिए। बिहीवार बिहान अन्य पुलिसकर्मीहरू त्यहाँ पुग्दा उनली झुण्डिरहेको अवस्थामा भेटे। घटनाको सूचना थानाका अधिकारीहरूलाई दिइयो। सूचना पाएपछि वरिष्ठ पुलिस अधिकारीहरू घटनास्थलमा पुगे अनि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिए।

सञ्जय हलदरको आवासको व्यवस्था पनि पुलिस थानाको ब्यारेकमै थियो। कार्यस्थलभित्र यस्तो घटना घटेपछि पुलिसकर्मीहरूमाझ चर्चा शुरू भएको छ।

अधिकारीहरू अनुसार पोस्टमर्टम रिपोर्ट आएपछि मात्र मृत्युको सही कारण थाहा हुने छ।

पुलिसले मामिलाको अनुसन्धान गरिरहेको छ। घटनाअघि उनको गतिविधि र ब्यारेमा रातीको स्थितिको बारेमा पनि जानकारी जुटाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande