
भोपाल, २६ नोभेम्बर (हि.स.)। मध्यप्रदेशको राजधानी भोपाल स्थित माखनलाल चतुर्वेदी राष्ट्रिय पत्रकारिता तथा सञ्चार विश्वविद्यालय परिसरमा २२ वर्षीया छात्रामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।
विश्वविद्यालय परिसरमै बस्ने ४० वर्षीय अमनदीप सिंह भामराले विवाह गर्ने आश्वासन दिएर शारीरिक शोषण गरेको आरोप छात्राले लगाएकी छन्। आरोपी विश्वविद्यालयमा कार्यरत एक महिला कर्मचारीका पति हुन्। पीड़ितको उजुरीका आधारमा रातीबड़ पुलिसले बलात्कारको मुद्दा दर्ता गरी आरोपीलाई पक्राउ गरेको छ।
पुलिस अनुसार, छात्रा र आरोपीबीच विश्वविद्यालय परिसरमै चिनजान भएको थियो। आरोपीले आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरेर छात्रासँग विवाह गर्ने आश्वासन दिएको थियो। उजुरी अनुसार, अगस्त २०२६ मा पहिलोपटक आफ्नै क्वार्टरमा छात्रामाथि बलात्कार गरेको थियो। त्यसपछि पनि विवाहको प्रलोभन दिएर लगातार शारीरिक शोषण गरेको आरोप छ।
आरोपीले विवाहको कुरा टार्न थालेपछि र फोनमा कुराकानी गर्न समेत बन्द गरेपछि छात्राले बुधवार पुलिस समक्ष उजुरी दिएकी थिइन्। पुलिसले आरोपीलाई पक्राउ गरी पीड़ितको बयान लिएको छ। घटनाका अन्य पक्षबारे अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी