सन्देशखलीमा शेख शाहजहाँकी पत्नीले जमीनको लीज भुक्तानी हड़पेको आरोप
वाउचर लिखाते पीडित परिवार


कोलकाता, 26 नोभेम्बर (हि.स.)। सन्देशखलीमा एकपटक फेरि शेख शाहजहाँको परिवारविरुद्ध जमीनसित सम्बन्धित आरोप लागेको छ। यस पटक शेख शाहजहाँकी पत्नी शेख सबिनामाथि जमीनको लीजको रकम हड़पेको आरोप लगाइएको छ। बसिरहाटको नाजाट थाना अन्तर्गत आगारहाटी ग्राम पञ्चायतको सरबेरिया क्षेत्रका आदिवासी बासिन्दा शिबु सरदारले आरोप लगाएका छन्, उनको करिब 8.50 बिघा जग्गा लीजमा लिने नाममा लामो समयदेखिको भुक्तानी बाँकी राखिएको छ। बाँकी रकम माग्न बारम्बार शेख सबिनाकहाँ गए तापनि कुनै समाधान हुन सकेको छैन।

शिबु सरदारले आरोप लगाए, पाँच वर्षको लागि जग्गा लीजमा लिने कुरा गरेर सम्झौता गरिएको थियो, तर उनलाई 20 वर्षको लीजको सम्झौतामा हस्ताक्षर गराइयो। उनलाई जमीनको लीजको सट्टामा एकपटक 5290 रुपियाँ मात्र दिइयो। त्यसपछिदेखि उनले कुनै पैसा पाएका छैनन्। शेख शाहजहाँ जेल परेपछि बाँकी लीजको रकम पाउने आशामा शिबु सरकार कैयौं पटक उनकी पत्नी शेख सबिना समक्ष गइसकेका छन्। शुरूमा भुक्तानीको आश्वासन दिइएको भए पनि पछि उनीहरूलाई विभिन्न बहाना बनाएर निरन्तर भागेको आरोप लगाइएको छ।

शिबु सरदारले यो पनि आरोप लगाे, जग्गाको लीजको बाँंकी रकम फिर्ता पाउनको लागि उनले पहिला पनि सीबीआईमा लिखित उजुरी दर्ता गराएका थिए। उनको आरोप छ, हाल उनको जमीनमा बलजफ्ती माछा पालन गरिँदैछ। लीजको रकम नपाएको कारणले उनीहरू आर्थिक सङ्कटमा छन्। यसबीच उनकी पत्नी गम्भीर क्यान्सरबाट पीडित छन् र उपचारको लागि ठूलो रकमको आवश्यकता छ। यस्तो अवस्थामा बाँकी रकम नपाएको कारण परिवारले कठिनाइको सामना गर्नुपरेको छ।

शिबु सरदारको दाबी छीजको सट्टामा हाल लगभग पाँच लाख रुपियाँ बाँकी छ। अब रकम फिर्ता लिनका लागि उनले राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग पनि सहयोग मागेका छन्। उनले जमीनको रकम फिर्ता लिन प्रशासनिक र राजनीतिक स्तरमा हस्तक्षेपको माग गरिरहेका छन्। सन्देशखालीकी भाजपा नेत्री मम्पी दास मार्फत यो मुद्दा प्रकाशमा आएको हो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande