विकास कार्यको कारण दक्षिण-पूर्वी रेलवेका केही रेलहरू रद्द
रेलवे लाइन पर चल रहा मरम्मत का काम


खड़गपुर, 26 नोभेम्बर (हि.स.)। विकास कार्यहरूले गर्दा दक्षिण-पूर्वी रेलवेले नोभेम्बर 27 र 28- मा केही रेलहरूलाई रद्द गर्नका साथै केही रेलहरूलाई आंशिक रूपमा समाप्त गर्ने अनि आंशिक रूपमा चलाउने निर्णय गरेको छ।

रेलवेबाट प्राप्त जानकारी अनुसार 27 नोभेम्बरमा ट्रेन नम्बर- 18037 खड़गपुर-जाजपुर क्योंझार रोड एक्सप्रेस रद्द रहनेछ भने 28 नोभेम्बरमा रेल नम्बर- 68021 खड़गपुर-बालेश्वर मेमू, रेल नम्बर 18015 शालिमार-भँजपुर एक्सप्रेस, रेल नम्बर- 18016 भँंजपुर-शालिमार एक्सप्रेस, रेल नम्बर- 68022 बालासोर-खड़गपुर मेमू तथा रेल नम्बर, 18038 जाजपुर क्योंझार रोड-खड़गपुर एक्सप्रेस रद्द रहनेछन्।

यसबाहेक 27 नोभेम्बरदेखि यात्रा शुरु गर्ने ट्रेन नम्बर- 18043 हावडा-भद्रक एक्सप्रेसको परिचालनलाई खड़गपुर स्टेशनमा आंशिक रूपमा समाप्त गरिनेछ भने 28 नोभेम्बरमा यात्रा शुरू गर्ने ट्रेन नम्बर- 18044 भद्रक-हावडा एक्सप्रेस खड़गपुर स्टेशनबाट आंशिक रूपमा चल्नेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande