नक्कली हाईस्कूलको प्रमाणपत्र बेचेको आरोपमा तीन जना पक्राउ
असमः फर्जी हाईस्कूल का सर्टिफिकेट बेचने के आरोप में गिरफ्तार तीन आरोपितों की तस्वीर।


गुवाहाटी, २७ नोभेम्बर (हि.स.)। कक्षा १० को नक्कली प्रमाणपत्र बेचेको आरोपमा असम पुलिसको अपराध अनुसन्धान विभाग (सीआईडी) ले तीन जना अभियुक्तलाई पक्राउ गरेको छ।

असम पुलिस मुख्यालयले शुक्रवार यस मामिलामा तीन जना अभियुक्तलाई पक्राउ गरिएको जनाएको छ। कक्षा १० को उक्त नक्कली प्रमाणपत्र काउन्सिल फर द इन्डियन स्कूल सर्टिफिकेट एक्जामिनेशन (सीआईएससीई) को रहेको बताइएको छ। परीक्षा सम्बन्धी कागजातमा कथित रूपमा गलत जानकारी दिएको र नक्कली कागजात तयार पारेको उजुरीका आधारमा सीआईडी थानामा मुद्दा दर्ता गरिएको छ।

यस मामिलामा पक्रा परेका अभियुक्तहरूको पहिचान मोरीगाउँ जिल्लाका निवासी तथा जागीरोडमा बस्दै आएका भरत गौर, बरपेटा जिल्लाका दीप कुमार सरकार र अभयापुरीका उत्पल दासका रूपमा भएको छ। तीनै जनामाथि पैसा लिएर कक्षा १० उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बिक्री गरेको आरोप छ। सीआईडीले तीनै जनासँग गहन सोधपुछ गरिरहेको छ।

/ बिशाल


 rajesh pande