मुख्यमन्त्री डा. हेमन्तले केन्द्रिय मन्त्री प्रह्लाद जोशीलाई जन्मदिनको बधाई दिए
सोशल मीडिया पर मुख्यमंत्री डॉ. हिमंत बिस्व सरमा द्वारा शेयर चित्र


गुवाहाटी, 27 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले केन्द्रिय मन्त्री प्रह्लाद जोशीलाई जन्मदिनको शुभकामना दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आज एउटा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले भनेका छन्, केन्द्रिय शिक्षा मन्त्री, कुशल राजनीतिज्ञ प्रह्लाद जोशीलाई जन्मदिनको धेरै-धेरै शुभकामना र शुभेच्छा।

डा. सरमाले भनेका छन्, देशको शिक्षा क्षेत्रमा विकाससँगसँगै साथै यसको आधारलाई बलियो बनाउने दिशामा उनले पूर्ण इमानदारीपूर्वक काम गरिरहेका छन्। हामीलाई विश्वास छ कि उनको सक्षम नेतृत्वमा भारतको शिक्षा क्षेत्र प्रगतिको नयाँ उचाईँमा पुग्नेछ।

कामाख्या देवी र महापुरुष श्रीमन्त शङ्करदेव गुरुजनको चरणमा उनको सुस्वास्थ्य र लामो जीवनको कामना गर्दछु, मुख्यमन्त्रीले अन्तमा भने।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande