मुख्यमन्त्रीले रेङ्गमा नागा जनजातिको पर्व नगादाका  शुभकामना दिए
असम के मुख्यमंत्री डॉ. हिमंत बिस्व सरमा द्वारा सोशल मीडिया पर शेयर वीडियो से संग्रिहत चित्र


गुवाहाटी, 27 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज रेङ्गमा नागा जनजातिको परम्परागत उत्सव 'नगादा'-को अवसरमा आफ्नो शुभकामना प्रेषित गरेका छन्।

सामाजिक सञ्जालमा एउटा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले भनेका छन्, रेङ्गमा नागा जनजातिको परम्परागत उत्सव 'नगादा'- को अवसरमा असम सहित देशका विभिन्न भागमा बसोबास गर्ने सबै रेङ्गमा नागा दाज्यु- भाइ तथा दिदी-बहिनीहरूलाई मुख्यमन्त्रीको पक्षबाट हार्दिक बधाई शुभकामना।

मुख्यमन्त्रीले भनेका छन्, कृषि कार्यको समापन तथा वर्षभरिको परिश्रमपछि तयार भएको बालीको खुशीमा मनाइने यो पर्व कृतज्ञता, क्षमा, सद्भाव र एकताको सुन्दर अभिव्यक्ति हो। उनले भने, रेङ्गमा नागा जनजातिको रङ्गीन सांस्कृतिक धरोहर तथा अद्वितीय पहिचान बोकेको यो पर्वले समाजका प्रत्येक व्यक्तिमा भाइचारा र आपसी प्रेमको बन्धनलाई अझ बलियो बनाओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande