
गुवाहाटी, 27 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज बाल विवाहलाई लिएर राज् सरकारले उठाइरहेको कदम अन्तर्गत प्रतिबद्धताको साथमा सचेतना फैलाउनेमाथि जोड़ दिए।
मुख्यमन्त्रीले सोशल मिडिया प्लेटफर्म फेसबुकमा आज एउटा पोस्ट साझा गर्दै भने, पुतली उड़़ाउने उेरमा विवाह हुँदैन, सपना देख्ने समयमा सपना देख्नु नै सही हो।
मुख्यमन्त्रीले भने, बालविवाहबाट मुक्त एक सुरक्षित र शिक्षित असम निर्माण गर्न उनको सरकार प्रतिबद्ध छ। मुख्यमन्त्रीको पदभार सम्हालेदेखि नै उनले बालविवाह रोक्नका साथै यसविरुद्ध चेतना फैलाउने, कड़ा कानुन बनाउने तथा महिला शिक्षालाई प्रवर्द्धन गर्ने कुरामा ध्यान केन्द्रित गर्दै आएका छन्। यो सुनिश्चित गर्नु उनको सरकारको लक्ष्य हो कि प्रत्येक छोरीलाई आफ्नो सपना देख्ने, शिक्षा प्राप्त गर्ने तथा आफ्नै भविष्य आफै बनाउने अधिकार प्राप्त होस्।
तथ्याङ्क सार्वजनिक गर्दै मुख्यमन्त्रीले भने, 'हाम्रा छोरीहरूको भविष्य सुरक्षित गर्न बालविवाहमा संलग्न व्यक्तिहरूलाई जेलमा थुनिँदैछ। उनले बाल विवाहमाथि कारबाही गर्दै सरकारले अहिलेसम्म 6,705 मानिसहरूलाई जेलमा थुनिसकेको जानकारी समेत दिएका छन्।
यसै क्रममा वर्ष 2021- मा 132 जना बालविवाह अभियुक्तलाई पक्राउ गरिएको थियो भने वर्ष 2022- मा 278 जना वर्ष 2023- मा 4,853 जना, वर्ष 2024- मा 623 जना तथा वर्ष 2025- मा बाल विवाहका 173 जना अभियुक्तहरूलाई पक्राउ गरिएको थियो भने यस वर्ष 2026-को अक्टोबर महिनासम्ममा बाल विवाहका 646 जना अभियुक्तहरूलाई पक्राउ गरिसकिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा