
-बोड़ोल्याण्डको मागमा बीटीसी प्रमुख हाग्राम मोहिलारीले भने- के बोड़ोल्याण्ड कुनै खेलौना हो?
- बीपीएफले न त पार्टीको रूपमा, न त सरकारको रूपमा, छुट्टै बोडोल्याण्ड राज्यको मागलाई समर्थन गर्नेछैन
कोकराझार (असम),27 नोभेम्बर (हि.स.)। बोड़ोल्याण्ड टेरिटोरियल काउन्सिल (बीटीसी)- का प्रमुख हग्रामा मोहिलारीको वक्तव्यलाई लिएर आज आक्रोश र असन्तुष्टिको मिश्रित स्वर देख्न पाइयो। शुक्रवार कोकराझारको बोडोफा नगरमा रहेको बीटीसी सचिवालयको सम्मेलन हलमा सम्पन्न बीटीसी कार्यकारी परिषद्को बैठकपछि मिडियासँग कुरा गर्दै मोहिलारीले केही महत्त्वपूर्ण मुद्दाहरूमा आफ्नो कुरा राखे। यस अवधि उनले कसैको नाम उच्चारण नगरी छुट्टै बोडोल्याण्ड राज्यको मागलाई लिएर विभिन्न सङ्गठन र नेताहरूबीच चलिरहेको द्वन्द्वप्रति कडा प्रतिक्रिया दिए।
यद्यपि, मिडियासित बातचितमा मोहिलारीको सबैभन्दा चर्को प्रतिक्रिया छुट्टै बोडोल्याण्ड राज्यको मागलाई लिएर आयो। उनले यस मुद्दामा विभिन्न सङ्गठन र नेताहरूबीच जारी प्रतिस्पर्धा तथा भिन्न-भिन्न दाबीहरूमाथि प्रश्न उठाउँदै भने, के बोडोल्याण्ड कुनै खेलौना हो? उनले भने, उनी पनि बोडोल्याण्ड चाहन्छन्, तर वर्तमान समयमा होइन।
छुट्टै राज्यको मागमा उठिरहेका विभिन्न आवाजहरूप्रति असमञ्जस्यता व्यक्त गर्दै मोहिलारीले भने, वास्तवमा कसले यो माग इमानदारीपूर्वक उठाउँदैछ र कसको उद्देश्य अरू नै छ भन्ने कुरा उनले बुझ्न सकिरहेका छैनन्। उनले दाओराव डेक्रेब र सन्सुमाको उल्लेख गर्दै प्रश्न उठाए, यी दुईमध्ये वास्तवमा बोड़ोल्याण्डको मागमा को गम्भीर छ?
मोहिलारीले स्पष्ट रूपमा भने, बोडोल्यण्ड पिपुल्स फ्रन्ट (बीपीएफ)- ले एउटा राजनीतिक दलको रूपमा, न त बीटीसी सरकारको रूपमा छुट्टै बोडोल्याण्ड राज्यको मागलाई समर्थन गर्दैन। यस समय छुट्टै राज्यको माग उठाउँदा बोड़ो र गैर-बोड़ो समुदायबीच फेरि विभाजनको अवस्था सिर्जना हुनसक्छ जसबाट क्षेत्रमा अशान्तिको वातावरण सिर्जना हुन सक्छ। यस आशङ्कालाई ध्यानमा राख्दै उनको पार्टी अहिले यो मागको पक्षमा छैन।
बीटीसी प्रमुखका यी बयानहरूबाट एकातिर छुट्टै बोडोल्याण्ड राज्यको मागलाई लिएर उनको वर्तमान राजनीतिक दिशाको सङ्केत प्राप्त बएको छ भने अर्कोतिर यस मुद्दामा विभिन्न सङ्गठन र नेताहरूबीच जारी मतभेदहरूलाई लिएर उनको असन्तुष्टि पनि खुलेर बाहिरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा