
आसनसोल, 27 नोभेम्बर (हि.स.)। बर्नपुरमा त्रिवेणी मोड़स्थित रेलवे पुल नजिकै डम्परले ठोक्कर दिएपछि पुल अगाडिको क्रसिङ्ग स्तम्भको माथिल्लो भाग क्षतिग्रस्त भयो। यस भयानक ठक्करले पिलरको एक भाग टुक्रिएर झऱ्यो। घटनापछि क्षेत्रमा खैलाबैला मच्चियो भने अर्कोतिर रेलवे ब्रिजको सुरक्षालाई लिएर गम्भीर प्रश्न पनि उठेको छ।
प्रत्यक्षदर्शीहरूले भने, यो घटना दिउँसो 12ः30 बजे भएको हो जतिबेला स्कोप गेटतिरबाट त्रिवेणी मोड़तर्फ आइरहेको द्रूत गतिको डम्परले लेभल क्रसिङ्गको उचाईँ अनुमान लगाउन सकेन, त्यसैले सोझै जाने प्रयास गर्दा क्रसिङ्गलाई भयानक ठक्कर दियो जसकारण क्रसिङ्गको दाहिनेतिरको पोल डम्परमै झऱ्यो भने डम्पर त्यहीं अड़्कियो।
ब्रिजको पिलरको माथिलो भागसित डम्पर ठोक्किएको कारणले यो क्षति भएको हो। यद्यपि घटना भएको सही परिस्थिति र डम्परको उचाईँ वा वजन निर्धारित सीमाभन्दा बढ़ी थियो कि थिएन, यी सबैको खुलासा गरिएको छैन।
उक्त घटनाले पुलमुनि भारी सवारी साधनको आवागमन, सवारी साधनको उचाईँमा लगाइएको प्रतिबन्ध र सुरक्षा व्यवस्थामाथि निगरानीलाई लिएर प्रश्न खडा गरेको छ। स्थानीय मानिसहरूको भनाइ छ. ,यस्तो घटनापछि क्षतिग्रस्त भागको तत्काल जाँच गर्न आवश्यक छ ताकि पुलको संरचनात्मक सुरक्षालाई कुनै किसिमको जोखिम नहोस्।
घटनास्थलको तत्काल निरीक्षण गर्न, क्षतिग्रस्त खम्बाको प्राविधिक जाँच गर्न र भारी सवारी साधनको आवागमनका लागि आवश्यक कदम चाल्न स्थानीयहरूले रेलवे अधिकारी र प्रशासनलाई माग गरेका छन्। घटनापछि रेलवे एवं स्थानीय प्रशासनले के कदम चाल्छ, अब हेर्न बाँकी छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा