
कार्बी आङ्गलोङ्ग (असम), 27 नोभेम्बर (हि.स.)। कार्बी आङ्गलोङ्ग जिल्लाको डिफुबाट एकजना युवकको शव फेला परेपछि सो क्षेत्रमा सनसनी फैलियो।
पुलिसले शु्कवार बतायो, डिफु क्षेत्रमा रहेको पानवारी वन कार्यालय नजिकै रेलवे ट्र्याकको छेउमा एकजना युवकको शव देखिएको जानकारी पाए लगत्तै पुलिसको टीम घटनास्थलमा पुग्यो। टीमले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पताल पठाइदिएको छ।
मृतक युवकको पहिचान सन्तोष उराङ्गको रूपमा भएको छ। पुलिसले घटनाको सम्बन्धमा एफआईआर दर्ता गरी मामिलाको गम्भीर अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा