

दुर्गापुर, 27 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शुक्रवार दुर्गापुरमा भगवान हनुमानको 30 फुट अग्लो भव्य मूर्तिको अनावरण गरे। यस अवसरमा मुख्यमन्त्रीले विधिवत पूजा-अर्चना गरे। धार्मिक अनुष्ठान र सम्मान समारोहमा सन्त समाजका सदस्य, जनस्वास्थ्यका प्रतिनिधि, सामाजिक कार्यकर्ता तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित थिए।
यो मूर्ति दुर्गापुर सिटी सेन्टरको डीएमसी मोड़स्थित चारमाथा मोड़मा स्थापना गरिएको छ। यसअघि यस ठाउँमा विश्व बङ्लाको लोगो लगाइएको थियो।
अहिले त्यहाँ बजरङ्गबलीको 30 फुट अग्लो मूर्ति स्थापना गरिएको छ। यो मूर्ति दुर्गा पूजाको समयमा खुदीराम मैदानमा इछापुरले आयोजना गरेको पूजा मण्डपको मुख्य आकर्षण बनेको थियो। दुर्गापुर पश्चिमका विधायक लक्ष्मण चन्द्र घुरुईको पहलमा यस पूजाको चौथो वर्षमा अयोध्याको राम मन्दिर जस्तै भव्य मण्डप तयार गरिएको थियो। सोही मण्डपमा हनुमानजीको विशाल मूर्ति स्थापना गरिएको थियो जसलाई पछि डीएमसी मोड़मा स्थायी रूपमा स्थापना गर्ने पहल गरियो।
कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्गापुर भ्रमणको निम्तो दिएर आयोजकले आफूप्रति देखाएको लगाउलाई प्रदर्शन गरे। साथै मुख्यमन्त्रीले उनीहरूको निमन्त्रणा स्वीकार गर्दै दुर्गापुर आएर आफ्नो वाचा पूरा गरेको आयोजकले बतायो।
यस अवसरमा विधायक लक्ष्मण चन्द्र घोरुईको प्रयासप्रति कृतज्ञता व्यक्त गरियो। समारोहमा मुख्यमन्त्रीलाई इछापुरको तर्फबाट उतरीय पहिराएर सम्मान गरियो।
आयोजकहरूले उनीहरूलाई रसगुल्लाको टोकरी भेंट गरे भने मिठाईहरू खुवाएर स्वागत गरे। यस अवसरमा सन्त समाजका प्रतिनिधि, ज्योतिनमोय सिंह मन्तो, आशिष पालका साथै केही सार्वजनिक प्रतिनिधि र राष्ट्रवादी राजनीतिक कार्यकर्ताहरू उपस्थित थिए।
स्थानीयहरूद्वारा मनु दा भनेर चिनिने अनिमा डेकोरेटर्सका क्याप्टेन मृणाल बसुलाई पनि यस अवसरमा सम्मान गरियो जसले मूर्ति र पूजा मण्डपको अवधारणा र निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। आयोजकहरूले अयोध्यामा राम मन्दिर जस्तै भव्य पूजा मण्डप तयार गर्न उनको विशेष योगदान रहेको बताए।
जय श्री राम, बजरङ्गबली महाराज र सनातन धर्मका जयकारहरूमाझ कार्यक्रम सम्पन्न भयो। आयोजकहरूले मुख्यमन्त्री शुभेन्दु अधिकारी, विधायक लक्ष्मण चन्द्र घुरुई र उपस्थित सबै पाहुनाहरूप्रति कृतज्ञता व्यक्त गरे।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा