दिघामा चिड़ियाखाना निर्माणसितै सर्प उद्यानलाई विकसित गरिने
दीघा में प्रस्तावित चिड़ियाघर और सर्प उद्यान की योजना


कोलकाता, 27 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको समुद्री किनारको पर्यटकीय गन्तव्य दिघालाई अझ आकर्षक बनाउन चिडियाखाना र स्नेक पार्क विकास गर्ने योजना बनाइएको छ। यसको लागि प्रशासनले प्रारम्भिक स्तरमा पहल शुरु गरेको छ। प्रस्तावित चिडियाखानाको लागि नयाँ दिघाको ओडिशा सीमा नजिकै करिब 20 एकड़ जमीनलाई चिन्हित गरिएको छ।

प्रशासनिक सूत्र अनुसार केही दिनअघि वन विभागका अधिकारी तथा प्रशासनिक प्रतिनिधिहरूले प्रस्तावित स्थलको निरीक्षण गरेका थिए। शुक्रवार कान्थी महकुमाका वन विभागीय अधिकारी अतुलप्रसाद देले बताए, राज्य सरकार दिघालाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न चाहन्छ। सोही उद्देश्यको लागि नयाँ दिघाको 'दिघास्री' सामु अवस्थित झाउ वन क्षेत्रलाई प्रारम्भिक रूपमा चिडियाखानाको लागि चिन्हित गरिएको छ। ।

चिन्हित गरिएको जग्गा सम्बन्धी प्रतिवेदन तयार गरी दिघा-शङ्करपुर विकास प्राधिकरणमा पेस गरिने उनले जानकारी दिए। परियोजनाको काम अर्को वर्ष शुरु हुने आशा छ। चिडियाखानामा तटीय वातावरणमा अनुकूल हुन सक्ने जनावर र चराहरूलाई राख्ने योजना बनाएको छ।

हात्ती, मृग र समुद्री घोड़ा जस्ता वन्यजन्तुहरूको संरक्षणका लागि प्रशासनिक स्तरमा विचार भइरहेको छ। यसबाहेक चितुवालाई सामेल गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ। तर जनावरहरूको अन्तिम सूची अझै तय हुन बाँकी छ। अधिकारीहरू अनुसार सम्पूर्ण योजना अहिले प्रारम्भिक छलफलको चरणमा छ।

उल्लेखनीय छ, दिघामा पहिला पनि सर्प पार्क थियो, तर केही समयपछि यो बन्द भयो। अहिले प्रशासनले यसलाई पुनः शुरु गर्ने पहल गरिरहेको छ। चिडियाखाना सहित स्नेक पार्कको विकास भएपछि पर्यटकले समुद्री दृश्य बाहेक मनोरञ्जन र वन्यजन्तु हेर्ने नयाँँ अवसर पाउनेछन्।

यस परियोजनाले दिघाको पर्यटनलाई नयाँ पहिचान दिन सक्ने प्रशासनको विश्वास छ। यसले होटल व्यवसायी, पसल मालिक, फेरीवालाहरू र यातायात क्षेत्रसँग सम्बन्धित मानिसहरूलाई पनि लाभ पुग्ने सम्भावना छ। पर्यटन गतिविधिको विस्तारले स्थानीय अर्थतन्त्रलाई पनि बढावा दिने अपेक्षा गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande