दुर्गापुर र आसनसोलमा एक हजार करोड़को लागतमा सुपर स्पेशियालिटी अस्पताल बनिनेछ, बर्न यूनिटको पनि व्यवस्था हुनेछः  मुख्यमन्त्री शुभेन्दु अधिकारी
पत्रकारों से बात करते सीएम


दुर्गापुर, 27 नोभेम्बर (हि.स.)। पश्चिम बर्दवान जिल्लामा मुख्यमन्त्री शुभेन्दु अधिकारीले विकास कार्यहरूलाई गति दिन, पिउनेपानीको समस्या समाधान गर्न, स्वास्थ्य सुविधा विस्तार गर्न तथा स्थानीय युवाहरूका लागि रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले केही महत्त्वपूर्ण घोषणाहरू गरेका छन्। शुक्रवार दुर्गापुरमा प्रशासनिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्रीले भने, दुर्गापुर र आसनसोलको माझमा आधुनिक सुपर स्पेशियालिटी अस्पताल निर्माण गरिनेछ। यसको लागि राज्य सरकारले आफ्नै कोषबाट एक हजार करोड़ रुपियाँ खर्च गर्नेछ। अस्पतालमा बर्न यूनिट सहित सबै आवश्यक आधुनिक चिकित्सा सुविधा उपलब्ध गराइनेछ।

उनले जिल्लाधिकारीलाई उपयुक्त जग्गा खोज्ने जिम्मेवारी दिए। साथै सेलको अस्पताल राज्य सरकारलाई हस्तान्तरण गर्ने वैकल्पिक प्रस्ताव पनि आएको छ। यदि ईसीएलले आधिकारिक रूपमा आफ्नो अस्पताल राज्य सरकारलाई हस्तान्तरण गऱ्यो भने त्यहाँ आवश्यक आधुनिक चिकित्सा सुविधाहरू विकास गरेर छोटो समयमा सेवा शुरु गर्न सकिन्छ।

मुख्यमन्त्री अनुसार नयाँ अस्पताल निर्माण गर्न करिब 20 महिना लाग्नेछ भने इसीएलको अस्पताल प्राप्त भए तीनदेखि चार महिनाभित्रमा एमआरआई, स्क्यान र आवश्यक ब्लड ब्याङ्क जस्ता सुविधाहरू विकास गरेर मार्चसम्ममा यसलाई सञ्चालन गर्ने लक्ष्य निर्धारण गर्न सकिन्छ।

ईएसआई अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्न एनओसी दिइएको थियो, तर अस्पताल व्यवस्थापनले आफ्नो सीमाहरू बताउँदै भन्यो, यसले मुख्य रूपमा ईएसआई कार्डधारकहरू र आपतकालीन बिरामीहरूलाई मात्र सेवा प्रदान गर्न सक्छ। त्यसैले आम जनताले राम्रो आधुनिक चिकित्सा सुविधाका लागि अन्य राज्यका अस्पतालतिर जानुपर्ने हुन्छ।

पिउनेपानीको सङ्कटबारे मुख्यमन्त्रीले भने, 2 लाख 94 हजार घर-परिवारलाई पानी उपलब्ध गराएको दाबी गर्ने जल जीवन मिशन अन्तर्गत पछिल्लो सरकारको कार्यकालमा यस परियोजनाको लागि छुट्याइएको कोषको दुरुपयोग भएको छ। मुख्यमन्त्रीले सम्बन्धित एजेन्सीहरूलईनिर्देश दिए, आगामी 31 दिसम्बरसम्ममा निर्धारित घरहरूमा पिउने पानी उपलब्ध गराउने काम सम्पन्न गरियोस्। त्यसो गर्न असफल भएमा सम्बन्धित एजेन्सीहरूलाई ब्ल्याकलिस्ट गरिनेछ।

उनले अमृत परियोजनाको प्रगतिमाथि सन्तुष्टि व्यक्त गर्दै भने, अहिलेसम्म तीन वटा टेण्डर फाइनल भएको छैन। शहरी विकास तथा नगरपालिका मामिला मन्त्रीको संज्ञानमा ल्याउँदै टेण्डर प्रक्रियामा ढिल्याईको कारणबारे अनुसन्धान गर्न आग्रह गरे। नगरपालिका र शहरी क्षेत्रमा विकास कार्य सुचारु रूपमा सम्पन्न गर्न यी परियोजनाहरू समयमै सम्पन्न हुनु आवश्यक रहेको उनले बताए।

जिल्लामा नयाँ पूर्वाधार निर्माणमा सिण्डिकेट, कट मनी र बालुवा माफियाको गतिविधि रोक्न मुख्यमन्त्रीले निर्देश दिए। उनले प्रशासन र पुलिसलाई यी गतिविधिहरूमाथि नजर राख्न तथा विगत 6 महिनाको कारबाहीको रिपोर्ट तयार गर्न भने। सीआईएसएफ र पुलिसमाझ उच्च समन्वय स्थापना गर्नेमाथि बल दिए ताकि औद्योगिक क्षेत्रमा कानुन व्यवस्था र सुरक्षा व्यवस्था सुदृढ़ होस्।

बैठकमा विस्थापन र पुनर्स्थापनाको मुद्दामाथि पनि प्रमुख रूपमा छलफल भएको थियो। विस्थापित परिवारको पुनःस्थापनाका लागि निर्माण गरिएका फ्ल्याटहरू बासयोग्य नभएको मुख्यमन्त्रीले बताए। उनले यस कुरालाई गम्भीरताका साथ लिएर सम्बन्धित योजनाकार र ठेकेदारको नाम संस्थागत भ्रष्टाचार समितिमा पठाउन तथा सम्पूर्ण विषयमा तथ्यात्मक अनुसन्धान गर्न मुख्य सचिवलाई निर्देशन दिए। दोषी ठहरिएकाहरूविरुद्ध कारबाही हुनेछ, उनले भने।

मुख्यमन्त्रीले विस्थापित परिवारका लागि नयाँ जग्गा खोज्न एीडीएमलाई निर्देश दिए। आवश्यक परेमा जग्गा पनि खरिद गरिनेछ। प्रभावित परिवारलाई उनीहरूको माग अनुसार 2.50 काठासम्मको जग्गा तथा 10 लाख रुपियाँ आर्थिक सहयोग गर्ने प्रस्तावमाथि पनि छलफल भएको थियो। ईसीएललाई आर्थिक सहयोग गर्न आग्रह गरिएको छ। प्रस्तावमाथि ईसीएलले विचार गरिरहेको मुख्यमन्त्रीले जानकारी दिए।

मुख्यमन्त्रीले युवाहरूको कौशल विकास एवं रोजगारीको लागि अर्को महत्त्वपूर्ण घोषणा गरे।

प्रशासनिक बैठकमा विभिन्न विभागको कामको विस्तृत समीक्षा गरिएको मुख्यमन्त्रीले बताए। उनले अधिकारीहरूलाई स्पष्ट निर्देश दिए, बाँकी रहेका सबै काम निर्धारित समय-सीमाभित्रमा सम्पन्न गरियोस् अनि सर्वसाधारणले त्यसको लाभ उठाउन सकुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande