
कुचबिहार, 27 नोभेम्बर (हि.स.)। जिल्लाको तूफानगञ्ज-1 ब्लकमा अवस्थित एउटा फर्निचर निर्माण कारखानामा गए अबेर राती आगो लगाइदिएको आरोप शुक्रवार सार्वजनिक भएको छ। घटना अण्डारन फूलबाड़ी-2 ग्राम पञ्चायतको कुचियामारी महाश्मशान नजिकै भएको हो। घटनापछि यस क्षेत्रमा कोकोहोलो मच्चियो।
सूत्र अनुसार बाँसको भित्ता भएको एउटा कोठामा रङ्गका केही ड्रमहरू राखिएको थियो। केही उपद्रवीहरूले राती ढिलो त्यस कोठाको आगो लगाइदिए। आगलागीमा बाँसको भित्ता जलेर पूर्ण रूपमा नष्ट भयो। यद्यपि भाग्यवस रङ्गका ड्रममा आगोको चपेटमा परेनन्।
कारखानाका मालिक यसै कोठासित टाँसिएको अर्को कोठामा आफ्नो परिवारसँग सुतिरहेको बताइएको छ। आगलागीको घटनामा मालिक र उनको परिवार सकुशल बचेका छन्।
कारखानाका मालिक प्रणव कुमार रायले शुक्रवार बताए, उनले ब्याङ्कबाट ऋण लिएर यो सानो कारखाना शुरु गरेको थिए जहाँ केही श्रमिकहरू काम गर्छन्। उनले आरोप लगाे, अबेर राती सुनियोजित ढङ्गले रङ्ग भण्डारण गरिएको कोठामा आगो लगाइदियो। रङ्गका ड्रमहरू आगोको चपेटमा परेको भए ठूलो दुर्घटना हुनसक्थ्यो।
मालिकले यस सम्बन्धमा तुफानगञ्ज पुलिस स्टेशनमा लिखित उजुरी दिएका छन्। उनले घटनामा संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाही गर्न माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा