पुलिसमाथि फायरिङ्ग गर्ने  प्रताप दास पक्राउ
आरोपी को गिरफ्तार करने गई पुलिस


आसनसोल, 27 नोभेम्बर (हि.स.)। पश्चिम बर्दवान जिल्लाको आसनसोलमा भगौड़ा आरोपीलाई पक्रन गएका पुलिससँग शुक्रवार बिहान भिड़न्त भयो। पुलिसको जवाफी कारबाहीमा प्रताप दास नामक अभियुक्तको दाहिने खुट्टामा गोली लागेको छ जसलाई क्षेत्रको एउटा घरबाट पक्राउ गरी अस्पतालमा भर्ना गरिएको छ।

पुलिस सूत्र अनुसार आसनसोलको हीरापुर पुलिस थाना अन्तर्गत इस्माइल क्षेत्रको एउटा घरमा लुकेर बसेको अभियुक्तले पुलिसलाई देखेर गोली चलाउने प्रयास गऱ्यो। आत्मरक्षामा पुलिसले पनि जवाफी गोली चलायो जसमा प्रताप दास दाहिने खुट्टामा गोली लागेर घाइते भयो, त्यसपछि उसलाई तत्कालै पुलिसले हिरासतमा लिएर उपचारको लागि अस्पतालमा पुऱ्यायो।

उल्लेखनीय छ, पुलिसले गए बिहीवार मात्रै इस्माइल क्षेत्रमा प्रताप दासलाई खोज्को लागि अभियान चलाएको थियो। त्यसबेला उ पुलिसमाथि गोली चलाएर घटनास्थलबाट भागेको थियो। शुक्रवार पुलिसलाई प्रताप इस्माइल त्यस क्षेत्रको एउटा घरमा लुकेर बसेको तथा स्थानीय स्तरमा हतियारसितै देखिएको सूचना प्राप्त भयो। यसै सूचनाको आधारमा शुक्रवार बिहानदेखि नै हिरापुर थाना पुलिसको नेतृत्वमा स्पेशल अपरेशन ग्रुप (एसओजी)- ले संयुक्त अपरेशन शुरु गरेको थियो, त्यसपछि यो भिडन्त भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande