
कोलकाता, 27 नोभेम्बर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको सोनारपुर दक्षिण विधानसभा निर्वाचन क्षेत्र अन्तर्गत हाटुइपाड़ा वेलस्टार क्लब संलग्न क्षेत्रमा शुक्रवार बिहान ठूलो आगलागी भयो। यस घटनामा टिनको छानो र बाँसको बेराले बनिएका दुई वटा कोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनामा कुनै पनि प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन।
स्थानीय वा पारिवारिक सूत्र अनुसार शुक्रवार बिहान 9 बजेतिर स्थानीय बासिन्दा कनैलाल घोषको घरबाट अचानक धुवाँ निस्किएको देखियो। हेर्दा-हेर्दै आगोले विकराल रूप धारण गऱ्यो। आगलागी भएको केही समयपछि घरभित्र राखिएका दुई वटा ग्यास सिलिण़्डर एकपछि अर्को गर्दै विस्फोट भयो। सिलिण्डरको विस्फोटले झन् आगोको गति तीव्र भयो जसबाट सम्पूर्ण क्षेत्रमा आतङ्क फैलियो।
आगो बलिरहेको देखेर स्थानीय मानिसहरूले बाल्टीहरूमा पानी भरेर आगो निभाउने प्रयास गरे, तर ग्यास सिलिण्डर विस्फोट भएको कारणले आगो झन् फैलियो जसले गर्दा स्थानीय मानिसहरूको प्रयास सफल हुन सकेन। यस आगलागीमा परिवारको सबै फर्निचर र घरका आवश्यक वस्तुहरू जलेर नष्ट भएका छन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा