गङ्गाको जैविक विविधता संरक्षण गर्नको लागि माछा सङ्कलन, दिलीप घोष सामेल भए
दिलीप घोष मत्स्य संचयन कार्यक्रम में शामिल


कोलकाता, 27 नोभेम्बर (हि.स.)। गङ्गा नदीको जली पारिस्थितिकी तन्त्रलाई मजबुत बनाउन तथा मत्स्य सम्पदाको संरक्षण गर्ने उद्देश्यले शुक्रवार दक्षिणेश्वरको आलम बजार घाटनमा प्रधानमन्त्री मत्स्य सम्पदा योजना (पीएमएमएसवाई) अन्तर्गत मत्स्य सञ्चयन कार्यक्रम आयोजना गरियो। कार्यक्रममा भाजपाका नेता तथा ग्रामीण विकास मन्त्री दिलीप घोष उपस्थित थिए।

यस अवसरमा दिलीप घोषले गङ्गा नदीमा माछाको संरक्षण र मात्रा बढ़ाउने उद्देश्यले यस पहलमा भाग लिएका थिए। उनले भने, बङ्गलको जीवन र संस्कृतिसँगै गङ्गा नदी तथा माछाको गहिरो सम्बन्ध छ। कालान्तरमा माछा प्रजनन र यसको सङ्ख्या घट्दै गएको कारणले गङ्गामा माछाहरूको सञ्चयन जस्ता पहलहरूको आवश्यकता बढ़ेको छ।

यस कार्यक्रमको उद्देश्य गङ्गाको जलीय इकोसिस्टमलाई सुदृढ़ पार्ने साथै भविष्यमा माछा मार्नेहरू र स्थानीय मानिसहरूको जीविकालाई प्रोत्साहित गर्नु हो। यस पहल मार्फत नदीको जैविक विविधता संरक्षण एवं मत्स्य संसाधन प्रवर्द्धनमा जोड़ दिइएको थियो।

दिलीप घोषले गङ्गाको स्वच्छता र जैविक विविधताको संरक्षणका लागि सामूहिक चेतना अनि जिम्मेवारीको आवश्यकतामाथि जोड दिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande