राज्यपाल सिङ्लिङस्थित मुख्यमन्त्रीको निवास पुगे, समवेदना व्यक्त गरे
राज्यपाल सिङ्लिङस्थित मुख्यमन्त्रीको निवास पुगे, समवेदना व्यक्त गरे


गान्तोक, २७ नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले आज सोरेङ जिल्लाको सिङ्लिङस्थित मुख्यमन्त्री प्रेमसिंह तामाङको पैतृक निवास पुगेर उनकी पूजनीय माता धनमाया तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

लोक भवनका अनुसार, यस अवसरमा राज्यपालका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजे पनि उपस्थित थिए। राज्यपाल गौतमले मुख्यमन्त्री तामाङ तथा परिवारका सदस्यहरूसँग भेट गरी यस दुःखद घडीमा उनीहरूलाई सान्तवना प्रदान गरे।

उनले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यस अपूरणीय क्षति सहन गर्ने शक्ति प्रदान गरून् भनी ईश्वरसँग प्रार्थना गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande