सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीशद्वारा मुख्यमन्त्रीको परिवारप्रति समवेदना व्यक्त
सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीशद्वारा मुख्यमन्त्रीको परिवारप्रति समवेदना व्यक्त


सोरेङ, २७ नोभेम्बर (हि.स.)। सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति ए. मोहम्मद मुस्ताकले आज सोरेङ जिल्लाको सिङ्लिङस्थित सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको पैतृक निवास पुगेर उनकी दिवङ्गत माता धनमाया तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीकी माता धनमाया तामाङको २५ नोभेम्बर, २०२६ का दिन सिलगढीमा उपचारका क्रममा ८७ वर्षको उमेरमा निधन भएको थियो। उनी लामो समयदेखि अस्वस्थ थिइन्।

उनको अन्तिम संस्कार आगामी ३० नोभेम्बर, सोमबार बिहान १० बजी सोरेङ जिल्लाको पैतृक गाउँ सिङ्लिङमा सम्पन्न हुने तय गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande