इस्लामपुरको नाम परिवर्तन गरी ईश्वरपुर राख्ने माग, शहरमा लगाइएका ब्यानर र पोस्टरहरूबाट खैलाबैला
इस्लामपुरको नाम परिवर्तन गरी ईश्वरपुर राख्ने माग, शहरमा लगाइएका ब्यानर र पोस्टरहरूबाट खैलाबैला


इस्लामपुर, 27 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको उत्तर दिनाजपुर जिल्ला अधिनस्थ इस्लामपुर शहरको नाम परिवर्तन गरी ईश्वरपुर राख्ने माग तीव्र भएको छ। विश्व हिन्दू परिषद (विहिप)- ले गए बिहीवार शहरका विभिन्न भागहरूमा यसको माग गर्दै पोस्टर र ब्यानर लगाएको छ। शहरका प्रमुख प्रवेश द्वारहरूमा ईश्वरपुर शहरमा स्वागत छ लेखिएको ब्यानर पनि लगाइएको छ। यस विषयले जिल्लामा राजनीतिक उथलपुथललाई जन्म दिएको छ।

जानकारी अनुसार गत बुधवार राती विश्व हिन्दू परिषद्का कार्यकर्ता एवं समर्थकहरूले इस्लामपुर बस टर्मिनस, श्रीकृष्णपुर र अलिगञ्ज सहित विभिन्न क्षेत्रहरूमा पोस्टर र ब्यानर लगाएका छन्। यसबाहेक शहरका प्रवेश बिन्दुहरूमा राज्य तथा राष्ट्रिय राजमार्गहरूमा ईश्वरपुरमा स्वागत छ लेखिएका ब्यानरहरू पनि लगाइएको छ। बिहीवार विहिपका नेता र कार्यकर्ताहरू अभियानको समर्थनमा सड़कमा उत्रिए।

विश्व हिन्दू परिषद्का जिल्ला सचिव शशाङ्क गङ्गोपाध्यायले बताए, चुनाउअघि इस्लामपुरमा आयोजित बैठकमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले शहरको नाम ईश्वरपुर राख्ने आश्वासन दिएका थिए। यसै मागलाई लिएर संस्थाले अभियान चलाइरहेको छ।

स्थानीय वामपन्थी तथा कङ्ग्रेस नेताहरूले यस मागको विरोध गरेका छन्। यसैबीच जिल्ला भाजपाले विहिपको मागलाई समर्थन गरेको छ। पोस्टर र ब्यानर लगाइएपछि शहरमा यस विषयमा राजनीतिक बहस तीव्र भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande