
मालदा, 27 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको मालदामा रेलवेको डीआरएम कार्यालयमा एउटा ठुलो कारबाही गर्दै सीबीआईले घूस लिएको आरोपमा एकजना रेलवे कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ परेका रेलवे कर्मचारीलाी उमा शङ्कर पाण्डेको रूपमा पहिचान गरिएको छ। उनी मालदा रेलवे डिभीजनमा अफिस सुप्रिटेन्डेण्ट (क्लर्क) -का रूपमा कार्यरत् थिए। सीबीआईको कारबाहीले रेलवे महकुमामा खैलाबैला मच्चाएको छ।
प्राप्त जानकारी अनुसार गए बिहीवार राती सीबीआईको टीमले मालदास्थित रेलवेको डीआरएम कार्यालयमा पुगेर कारबाही शुरु गऱ्यो। यस अवधि कार्यालयका एकजना वरिष्ठ अधिकारीलाई सोधपुछ गरिएको खबर बाहिरिएको छ। सीबीआई टोलीले उमा शङ्कर पाण्डेलाई लगभग छ घण्टासम्म लगातार सोधपुछ तथा जाँ गरेपछि उनलाई बिहीवार राती करिब 11ः45 बजे पक्राउ गरियो।
सूत्र अनुसार उमा शङ्कर पाण्डेमाथि घूस लिएको आरोप लागेको थियो। सीबीआई सूत्रबाट प्राप्त जानकरी अनुसार घूस लिँदै गर्दा उनलाई कथित रूपमा ठाउँबाटै समातियो।। यद्यपि यस सम्पूर्ण मामिलामा सीबीआईले अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन।
कारबाही अवधि सीबीआईले अभियुक्तको रेलवे क्वार्टर पनि सिल गरिदियो। जाँच एजेन्सीले मुद्दासँग सम्बन्धित अन्य तथ्य र सम्भावित प्रमाणहरू खोजिरहेको छ। क्वार्टर सिल भएपछि यस विषयमा रेलवे कर्मचारीहरूमाज पनि चर्चा चुलिएको छ।
सीबीआईको कारबाही र पक्राउपछि यस मामिलामा थप अनुसन्धान भइरहेको छ। घूसको रकम, उजुरीको प्रकृति तथा सम्पूर्ण मुद्दासँग सम्बन्धित अन्य पक्षहरू जाँच एजेन्सीको आधिकारिक जानकारी आएपछि मात्र खुलासा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा